

-
काठमाडौं ।
डिपोमा हुने गरेको इन्धन चोरी, नोक्सानी, ढिला गरी तेल बोकेका ट्यांकर आइपुग्नेलगायतका कैफियतलाई सूक्ष्म रूपले बुझेर सुधार गर्न आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल केही दिन डिपोमा बस्ने भएका छन् ।
निगममा पहिलोपटक खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्त भएका पौडेलले डिपोमा सुधार हुन सके निगमभित्रको धेरै बेथिति अन्त्य गर्न सकिने निष्कर्ष निकालेका छन् । कर्मचारीहरूसँग भएका छलफलमा उनले डिपोबाट हुने कारोबारलाई पारदर्शी बनाउन निर्देशन दिने गरेका छन् ।
डिपोमा बसेर इन्धनको लोड–अनलोडिङलाई नियाल्नु पनि स्वाभाविक कामको रूपमा लिएको उनले बताएका छन् ।निर्देशक पौडेलले निगमभित्र सुधार गर्नु आफ्नो चुनौती भएकाले सफल भएर देखाउने बताउने गरेका छन् । । निगमको डिपोमा आइओसीबाट लोड भएका ट्यांकर समयमै नल्याई बीचबाटोमै रोक्ने, चालक र ढुवानी व्यवसायीसँग मिलेर तेल चोरी गर्ने, प्राविधिक नोक्सानीको तोकिएको दरभन्दा बढी लक्ष्य देखाइ अनियमिता गर्ने, डिपोमा इन्धन स्टक नराख्नेलगायतका समस्या छन् । निगमको काठमाडौं, अमलेखगन्ज र विराटनगर ठूला डिपोमध्येमा पर्छन् । त्यसपछि भैरहवा, नेपालगन्ज र पोखरा डिपो पर्छन् ।
डिपो प्रमुखले पम्प व्यवसायीलाई मागेजति तेल नदिएर दुःख दिने गरेको आरोप लाग्ने गरेको छ । मागेजति तेल पाउन डिपो प्रमुखलाई कमिसन खुवाउनुपर्ने बाध्यता रहेको व्यवसायीले बताउँदै आएका छन् । यस्ता बिकृति हटाउन पनि डिपोमा कार्यालय स्थापना गरेर बस्ने पौडेल योजना बनाएका हुन् ।
News Desk 0 response आइतवार, माघ १३, २०७५


सम्बन्धित शीर्षकहरु
-
टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको..
मङ्लबार, माघ २४, २०७९ -
जुम्लामा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु
मङ्लबार, माघ २४, २०७९ -
फागुन पहिलो हप्ता कोरोनाविरुद्धको बुस्टर खोप ल्याइने
मङ्लबार, माघ २४, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदलीको संभावना
मङ्लबार, माघ २४, २०७९ -
टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३..
मङ्लबार, माघ २४, २०७९
-
टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको..
मङ्लबार, माघ २४, २०७९ -
जुम्लामा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु
मङ्लबार, माघ २४, २०७९ -
फागुन पहिलो हप्ता कोरोनाविरुद्धको बुस्टर खोप ल्याइने
मङ्लबार, माघ २४, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदलीको संभावना
मङ्लबार, माघ २४, २०७९ -
टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३..
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९