

-
काठमाडौं ।
पदस्थापन भएको दुई महिना नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई सरकारले सरुवा गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उनको पदस्थापन भएको छ। र उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलेलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ।
मंसिर १७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका अधिकारीलाई स्वास्थ्यमा सरुवा गरिएको थियो। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको कार्यशैली मन नपराएका अधिकारी पछिल्लो समय मन्त्रालय जानसमेत छाडेका थिए। मन्त्रालयकी अर्की सचिव डाक्टर पुष्पा चौधरीलाई मन्त्री यादवले बढी जिम्मेवारी दिएपछि प्रशासन समूहका सचिव अधिकारी मन्त्री यादवप्रति असन्तुष्ट थिए।
सचिव अधिकारीलाई कर्मचारी प्रशासनका साथै औषधि व्यवस्था र आयुर्वेद विभागको जिम्मेवारी दिइएको थियो। सचिव डाक्टर चौधरीले भने नीति, योजना, अनुगमन, समन्वय महाशाखा र महत्वपूर्ण स्वास्थ्य सेवा विभागको जिम्मेवारीसमेत पाएकी थिइन्। मन्त्री यादवलाई आफूखुसी कार्यविभाजन गर्न नपाइने उल्लेख गर्दै सचिव अधिकारीले मन्त्रिपरिषद्बाट कार्यविभाजन गरेर ल्याउन आग्रह गरेका थिए।
अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गर्दा प्रधानमन्त्री केपी ओलीले विभागीय मन्त्री यादवसँग कुनै परामर्श गरेका थिएनन्। मन्त्रिपरिषदको बैठकमा सरुवा गर्ने सहमति भए पनि अप्रत्याशित रूपमा अधिकारीलाई स्वास्थ्यमा सरुवा गरेपछि मन्त्री यादव प्रधानमन्त्री ओलीसँग नै असन्तुष्ट थिए।
यसअघि मन्त्रालयकी सचिव डाक्टर चौधरीलाई पनि असोज ८ गते मन्त्रिपरिषद बैठकले सरुवा गरेको थियो। प्रधानमन्त्री कार्यालयमा गरिएको सरुवाको निर्णय हचुवा र अप्रत्यासित भएको जनाउँदै डाक्टर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
चौधरीको नियुक्ति तथा पदस्थापन स्वास्थ्य सेवा ऐनअनुसार स्वास्थ्य मन्त्रालयमा भए पनि दरबन्दी नै नभएको प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो। स्वास्थ्य सचिवको दरबन्दी नै नभएको प्रधानमन्त्री कार्यालयमा जगेडामा राखिएपछि कानुनसम्मत नभएको ठहर गर्दै सर्वोच्चले सरुवा बदर गरेको थियो।
सचिवद्वय अधिकारी र चौधरबीच कार्यकक्ष र कार्य जिम्मेवारीको विषयमा समेत असहज अवस्था सिर्जना भएको मन्त्रालय स्रोतले बतायो। ‘एउटा कार्यकक्षमा जो पहिलो पुग्थ्यो, त्यहीँ कुर्सीमा बस्ने अवस्था देखियो’, मन्त्रालयका एक सहसचिवले भने। सचिव चौधरीले उपप्रधानमन्त्री यादवलाई कार्यकक्ष र जिम्मेवारीको विषयमा गुनासो गरेपछि उनलाई पुरानै कक्ष र बढी जिम्मेवारी दिइएको थियो। नयाँ कार्यकक्ष र तुलनात्मक रूपमा थोरै जिम्मेवारी पाएपछि अधिकारी असन्तुष्ट रहेको स्रोतले बताएको अन्नपूर्णले लेखेको छ ।
News Desk 0 response सोमवार, माघ ७, २०७५

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३



