

आफैलाई कस्न अर्थका कर्मचारीको आचारसंहिता !
कर्मचारीले जनताको सर्बोपरि हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने नियम बनाइएको छ
-
काठमाडौं ।
कर्मचारीले सरकारको नीति अनुरुप काम गर्नुपर्ने जागीर सुरु गरेकै दिन शपथ लिएपनि अर्थ मन्त्रालयका कर्मचारीले आफैलाई कस्न नयाँ निर्देशिका जारि गरेका छन् । मन्त्रालयले कर्मचारीलाई अनुशासित, मर्यादित, पारदर्शी, सदाचारी, सहयोगी र सेवामुखी बनाउन भन्दै आचारसंहिता जारी गरेको जनाएको छ । कसैको अनुचित प्रलोभनमा नपर्न, भ्रमणमा जाँदा सेवाग्राहीको प्रयोजनमा खाने बस्ने नगर्न, कार्यालय समयभित्र कार्यालय प्रयोजनबाहेकमा साजिक सञ्जालको प्रयोग नगर्न, समाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूलाई प्राप्त सूचना नदिन, माथिल्लो तहको स्वीकृतिबेगर बाहिर सरोकारवाला र सेवाग्राहीसँग भेटघाट नगर्न पनि आचारसंहिताले भनेको छ ।
पदीय जिम्मेवारीको प्रयोग गरेर व्यक्तिगत काम नगराउन, परिवार तथा आफन्तका लागि छात्रवृत्ति नमाग्न, वैदेशिक भ्रमणका लागि कार्यालयको स्वीकृतिबेगर पत्राचार नगर्न, स्वीकृति नलिई उपहार नलिन, राजनीतिक दलको कार्यक्रममा सार्वजनिक सम्पत्ति र सवारी प्रयोग गर्न नदिन, कार्यालयसँग असुन्तुष्टी रहेमा सामाजिक सञ्जालमा नलेख्न पनि आचारसंहितामा उल्लेख छ ।कर्मचारीले जनताको सर्बोपरि हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने नियम बनाइएको छ ।
News Desk 0 response सोमवार, माघ ७, २०७५
आफ्ना सहकर्मीहरुमाथि नकारात्मक टिप्पणी नगर्न, सरकारी चिन्ह, छाप, इमेल, सिल साँचो, पासको हिफाजत गर्न तथा होटल रेस्टुरेन्टमा मितब्ययी व्यवहार पद्रशर्न गर्न र विवाह, व्रतबन्धमा भड्किलो खर्च र व्यवहार नगर्न पनि आचारसंहितामा भनिएको छ । आचारसंहितामा मन्त्रालयले दिएको जिम्मेवारी लगनशील भएर पुरा गर्नुपर्ने उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३



