

आफैलाई कस्न अर्थका कर्मचारीको आचारसंहिता !
कर्मचारीले जनताको सर्बोपरि हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने नियम बनाइएको छ
-
काठमाडौं ।
कर्मचारीले सरकारको नीति अनुरुप काम गर्नुपर्ने जागीर सुरु गरेकै दिन शपथ लिएपनि अर्थ मन्त्रालयका कर्मचारीले आफैलाई कस्न नयाँ निर्देशिका जारि गरेका छन् । मन्त्रालयले कर्मचारीलाई अनुशासित, मर्यादित, पारदर्शी, सदाचारी, सहयोगी र सेवामुखी बनाउन भन्दै आचारसंहिता जारी गरेको जनाएको छ । कसैको अनुचित प्रलोभनमा नपर्न, भ्रमणमा जाँदा सेवाग्राहीको प्रयोजनमा खाने बस्ने नगर्न, कार्यालय समयभित्र कार्यालय प्रयोजनबाहेकमा साजिक सञ्जालको प्रयोग नगर्न, समाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूलाई प्राप्त सूचना नदिन, माथिल्लो तहको स्वीकृतिबेगर बाहिर सरोकारवाला र सेवाग्राहीसँग भेटघाट नगर्न पनि आचारसंहिताले भनेको छ ।
पदीय जिम्मेवारीको प्रयोग गरेर व्यक्तिगत काम नगराउन, परिवार तथा आफन्तका लागि छात्रवृत्ति नमाग्न, वैदेशिक भ्रमणका लागि कार्यालयको स्वीकृतिबेगर पत्राचार नगर्न, स्वीकृति नलिई उपहार नलिन, राजनीतिक दलको कार्यक्रममा सार्वजनिक सम्पत्ति र सवारी प्रयोग गर्न नदिन, कार्यालयसँग असुन्तुष्टी रहेमा सामाजिक सञ्जालमा नलेख्न पनि आचारसंहितामा उल्लेख छ ।कर्मचारीले जनताको सर्बोपरि हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने नियम बनाइएको छ ।
News Desk 0 response सोमवार, माघ ७, २०७५
आफ्ना सहकर्मीहरुमाथि नकारात्मक टिप्पणी नगर्न, सरकारी चिन्ह, छाप, इमेल, सिल साँचो, पासको हिफाजत गर्न तथा होटल रेस्टुरेन्टमा मितब्ययी व्यवहार पद्रशर्न गर्न र विवाह, व्रतबन्धमा भड्किलो खर्च र व्यवहार नगर्न पनि आचारसंहितामा भनिएको छ । आचारसंहितामा मन्त्रालयले दिएको जिम्मेवारी लगनशील भएर पुरा गर्नुपर्ने उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२०..
शनिबार, चैत्र ११, २०७९ -
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९