

-
काठमाडौं ।
नयाँ प्रधानन्यायाधीश नियुक्त भएका चोलेन्द्र शमशेर राणा न्यायाधीशको शुद्धिकरणमा आक्रामक रुपमा लागेका छन् ।
जबराले गठन गरेको संयन्त्रले निगरानी गर्दा न्यायिक विचलन भेटिएपछि विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीश न्यायपरिषद सचिवालयमा तानिएका छन्।३३ किलो सुनकाण्डमा पक्राउ परी मुद्दा खेपेका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा रिहा गर्न आदेश दिने ती न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको हो।
सचिवालयमा तानिने न्यायाधीशहरुमा सारङ्गा सुवेदी, नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंह छन् ।तर, केही न्यायाधीशले छुटकारा पाएका छन् । उनीहरु पनि अनुसन्धानको दायरामा रहेका छन् ।
विभिन्न जिल्ला अदालतमा कार्यरत २० न्यायाधीशहरुलाई पहिलो चरणमा अनुसन्धान गर्ने तयारी न्याय परिषद्को सूक्ष्म निगरानी समितिले गरेको थियो।
न्याय परिषद्ले जिल्ला अदालतका न्यायाधीशपछि उच्च अदालतका न्यायाधीशको पनि उजुरीको पोको खोल्न लागेका छन्। उच्च अदालतका न्यायाधीशहरुको बारेमा वर्षौंदेखि परेको उजुरी फर्स्योट नभएकाले सूक्ष्म निगरानी संयन्त्रले पहिलो चरणमा अध्ययन गरेर परिषद् बैठकमा पेस गर्ने तयारी गरेको छ।
विभिन्न उच्च अदालत र त्यस अन्तर्गतका इजलासमा कार्यरत न्यायाधीशमाथिका उजुरीमा पहिलो चरणको अध्ययनपछि निगरानी संयन्त्र स्थलगत अध्ययनमै जाने तयारीमा छ। न्याय परिषद्का सचिव नृपध्वज निरौलाको नेतृत्वमा रहेको समितिले दृश्य र अदृश्य दुवै रुपमा निगरानी गर्ने तयारी गरेको हो।
News Desk 0 response शुक्रबार, माघ ४, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



