

-
काठमाडौं ।
इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाली महिला टोलीले अन्तिम दुईमा स्थान सुरक्षित गर्न सफल भएको छ ।
टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १९ रन बनाउन सफल भएको थियो। नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। यस्तै इन्दु बर्माले अविजित ३७, काजोल श्रेष्ठले १४ रन तथा नेरी थापाले ५ रनको योगदान दिइन्। कप्तान रूविना क्षेत्री भने २ रनमा आउट भएकी थिइन्।
१ सय २० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा नै समेटिएको थियो। नेपाली बलरका अघि इन्डोनेसियाका ब्याट्सवुमन निरीह देखिएका थिए। इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। इन्डोनेसियाका ४ खेलाडी शून्य रनमा आउट भएका थिए।
इन्डोनेसियामाथि फराकिलो जित हात पार्नेक्रममा कप्तान क्षेत्रीले ३, सीता राना मगरले २ तथा कविता कनुवार, नेरी थापा र सरिता मगरले समान १र१ विकेट लिए।
News Desk 0 response शुक्रबार, माघ ४, २०७५

सम्बन्धित शीर्षकहरु
-
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा..
आइतवार, कार्तिक १६, २०८३ -
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा..
आइतवार, कार्तिक १६, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३
-
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३


