

-
काठमाडौं ।
इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाली महिला टोलीले अन्तिम दुईमा स्थान सुरक्षित गर्न सफल भएको छ ।
टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १९ रन बनाउन सफल भएको थियो। नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। यस्तै इन्दु बर्माले अविजित ३७, काजोल श्रेष्ठले १४ रन तथा नेरी थापाले ५ रनको योगदान दिइन्। कप्तान रूविना क्षेत्री भने २ रनमा आउट भएकी थिइन्।
१ सय २० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा नै समेटिएको थियो। नेपाली बलरका अघि इन्डोनेसियाका ब्याट्सवुमन निरीह देखिएका थिए। इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। इन्डोनेसियाका ४ खेलाडी शून्य रनमा आउट भएका थिए।
इन्डोनेसियामाथि फराकिलो जित हात पार्नेक्रममा कप्तान क्षेत्रीले ३, सीता राना मगरले २ तथा कविता कनुवार, नेरी थापा र सरिता मगरले समान १र१ विकेट लिए।
News Desk 0 response शुक्रबार, माघ ४, २०७५

सम्बन्धित शीर्षकहरु
-
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३
-
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३



