

-
काठमाडौं ।
मलेसिया जाने नेपाली कामदारको सिण्डिकेट चलाएको आरोपमा समातिएका भीएलएन नेपाल हार्भेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष रामकुमार श्रेष्ठ जिल्ला अदालतको आदेशमा १२ लाख धरौटी बुझाएर मुक्त भएपछि न्यायाधीश फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई जेठ ६ गते पक्राउ गरी भिएलएनको नाममा कामदारबाट दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको आरोपसहित अदालतसमक्ष पेश गरेको थियो । उनीमाथि वैदेशिक रोजगार विभागबाट तीन अर्ब बिगो दावी थियो । यिनै कसुरदारलाई यति सजिलै छुट्ने फैसला गरेलगत्तै न्यायपरिषद्का सचिव नृपध्वज निरौला आफैँ यसबारे तथ्य अध्ययन गर्न गत हप्ता लगनखेल पुगेका थिए । अध्ययन क्रममा कैफियत भेटिएपछि न्यायाधीश विश्वमंगल आत्रेय काजमा तानिएका छन् । राम श्रेष्ठमाथि स्वीकृतिबिना नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाएको दाबी गरिएको थियो । तर, विश्वममंगल श्रीमान्को बेञ्चले शंकास्पद तवरले उनलाई मुक्ति दियो । शुरुमा उनी प्रहरीबाट पक्राउ परे । र, काठमाडौं जिल्ला अदालतमा पेश गरिए । त्यहाँका न्यायाधीश धनसिंह महराको एकल इजलाशले ‘अहिले नै कसुरदार ठहर गर्न नमिल्ने’ भन्दै फेरि रिहा ग¥यो । ललितपुरमा उनीमाथि दुई करोड ७५ लाख २२ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।
News Desk 0 response बुधबार, माघ २, २०७५
त्यसरी न्यायाधीश विश्वमंगललाई न्यायपरिषद् तान्नुको अर्को पनि कारण हो, जेठ १८ देखि २७ गतेसम्मका आदेशले अवैध ठगी धन्दामा संलग्न व्यापारीलाई बिगोको अनुपातमा अति न्यून धरौटीमा छोड्नु । दुई करोड १२ लाख रकम बिगो मागदाबी भएका प्रतिवादी देवान राईको मुद्दामा ५० लाख धरौटी, अर्को त्यस्तैखाले मुद्दामा दुई अर्ब ८६ करोड बिगो मागदाबी भएको थियो । यसबीच रौतहटबाट ललितपुर झिकाइएका अम्बिका निरौला श्रीमान बाटैबाट नवलपुर पु¥याइएका छन् भने त्यहाँका पूर्ण बाँस्तोलालाई रसुवा र महेन्द्र कार्कीलाई ललितपुर सारिएको जनआस्थाले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२