

-
आयल निगमको प्रमुख बनेका गोपाल खड्का २०५१ सालमा स्थानीय विकास मन्त्रालयमा इन्जिनियर, ०५२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष प्रहरी हुँदै ०६१ मा सडक विभागमा सिनियर डिभिजनल इन्जिनियर बनेका थिए। उनी ०६७ सालमा डिभिजन सडक काठमाडौंको प्रमुख बने। सडक विभागमा आएदेखि नै उनी विवादित हुन थालेका हुन् । आयल निगममा आएपछि उनको अकुत सम्पति आर्जन सुरु भयो । खड्काले आर्जन गरेको गैरकानूनी सम्पत्ति श्रीमती तथा अन्य व्यक्तिका नाममा लुकाउँदै आएको दाबी अख्तियारको छ। उनले कुष्णबहादुर लामाकी छोरी, दीपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बा र आफ्नै श्रीमती शर्मिला खड्काको नाममा उक्त सम्पत्ति लुकाउँदै आएका थिए। उनीहरूको पनि सम्पत्ति जफत हुने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ।
खड्काले अमिता लामा सोदेम्बाको नाममा ७ करोड ५४ लाख रुपैयाँ सम्पत्ति लुकाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
खड्काले ०६९ सालयतामात्रै ३ वटा घर बनाइसकेको देखिएको छ भने थप २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको अख्तियारको अनुसन्धानले देखाएको छ। यसबाहेक सोही अवधिमा उनले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको दाबी अख्तियारको छ।
उनले घरजग्गा खरिदमा मात्रै ११ करोड ६१ लाख खर्च गरेको देखिएको अख्तियारले जनाएको छ। त्यस्तै, विभिन्न कम्पनीको सेयर १ करोड ६ लाख रुपैयाँ, ऋणको साँवाब्याज भुक्तानीमा ४ करोड २२ लाख रुपैयाँ, व्यक्तिगत रूपमा दिएको सापटी भुक्तानीमा १ करोड २५ लाख रुपैयाँ र विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोगमा १ करोड १७ लाख रुपैयाँ खर्च गरेको देखिएको छ ।
त्यस्तै, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा २५ लाख १४ हजार रुपैयाँ, गाडी खरिदमा १ करोड १७ लाख रुपैयाँ विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटमा खर्च गरिएको समेतका रकम १ करोड ८० लाख र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा २ करोड ७१ लाख रुपैयाँ मौज्दात देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। सरकारी सेवामा प्रवेश गरेयता ०६९ सालसम्म उनले कुल ८ करोड ६४ लाख रुपैयाँ आय गरेको देखिएको अख्तियारले दायर गरेको आरोपत्रमा उल्लेख छ। उनी ०३६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनी सुरुमा ओभरसियरका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए।
सार्वजनिक सेवामा प्रवेश गरेयता खड्काले २७ करोड ३० लाख रुपैयाँ आय गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। त्यसमा करिब ८ करोड ६४ लाख रुपैयाँ आयको मात्र स्रोत खुलेको अख्तियारले दायर गरेको आरोपत्रमा उल्लेख छ। स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो।
लामाको नाममा रहेको एनएमबी र सिटिजन्स बैंकका खाताहरूबाट खड्काले नै कारोबार गर्ने गरेको दाबी अख्तियारको छ।
News Desk 0 response मङ्लबार, पुस २४, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



