

-
काठमाडौं । सरकारले ३ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ता बोलाइएका सबैजना यसअघिको शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका थिए।
बंगलादेशका लागि नेपाली राजदूतमा डा चोपलाल भुषाल, दक्षिण कोरियाका लागि अर्जुनजंग बहादुर सिंह र स्पेनका लागि भरतबहादुर रायमाझी कार्यरत थिए। देउवाकै पालामा अष्ट्रेलियाको राजदूतमा नियुक्त लक्की शेर्पा भने मानव तस्करीको आरोपमा मुछिएको आरोप लागेपछि विवादमा तानिएकी छिन्। उनलाई अनुसन्धानका लागि भन्दै परराष्ट्र मन्त्रालयले नेपाल झिकाएको छ।हाल शेर्पामाथिको आरोपका सम्बन्धमा छानबिन चलिरहेकोले मन्त्रिपरिषद्ले उनलाई फिर्ता बोलाउने÷नबोलाउने सम्बन्धमा भने निर्णय लिइसकेको छैन।
राजदूत शेर्पाका सवारी चालक वाङछु शेर्पाले राजदूत शेर्पामाथि १० लाख रुपैयाँ लिएर आफूलाई अष्ट्रेलिया लगेको र श्रीमतीलाई पनि लैजान थप रकम मागेको आरोप लगाएका थिए।
यसअघि जापानका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर उनको स्थानमा अञ्जान शाक्यलाई पठाउन ‘एग्रिमो’ जापान सरकारसमक्ष प्रेसित गरिसकिएको छ।
News Desk 0 response बिहिबार, पुस १२, २०७५


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९