

-
बुटवल । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकले आफूहरुलाई विभेद गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रेपछि बुटवल उपमहानगरपालिकाको काम प्रभावित भएको छ । जसका कारण दैनिक पच्चिस लाख सम्म राजस्व संकलनमा समस्या आएको छ । अन्य दैनिक कामसमेत प्रभावित हुदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । सरकारले हालै ल्याएको अध्यादेशले निजामती सेवाका कर्मचारीहरुलाई स्थानीय तहमा जाँदा समय अवधिका आधारमा बढुवा दिने व्यवस्थाले समस्या पारेको उनीहरुको भनाई छ । हिजोदेखि स्थानीय निकायमा रहेर काम गरेका र स्थानीय स्वायत्त शासन ऐन २०५५ मा व्यवस्था भए अनुसार पदपूर्ति समितिको विज्ञापनबाट प्रतिस्पर्धा गरेर स्थानीय तहमा सेवा प्रवेश गरेका कर्मचारीलाई सरकारले हालै ल्याएको समायोजन विधेयकले चरम विभेद गरेको उनीहरुले बताउँदै आएका छन् । विभेदकारी विधेयक नसच्चेसम्म आन्दोलन जारी राख्ने नेपाल नगरपालिका कर्मचारी एशोसियसन प्रदेश पाँचका संयोजक तथा कर्मचारी शितुप्रसाद श्रेष्ठले बताए । संघीय सरकारले बिभेद गरेको कारण आन्दोलन आवश्यक रहेको उनले बताए । सरकारले लामो जागिरे जीवनलाई नै अपमान गरेर विभेद गरेको वरिष्ठ अधिकृत रामप्रसाद अर्यालले बताए । निजामति सेवाको एउटा सुब्बा स्थानीय तहमा गएकै आधारमा अधिकृत हुन पाउने तर हिजो देखि स्थानीय निकायको नियमानुसार सेवा प्रवेश गरेका कर्मचारीलाई कुनै प्रकारको सम्बोधन नै नगरी बिधेयक आएको उनीहरुको भनाई छ । निजामति सेवाबाट आएका कर्मचारीले लामो समयदेखि स्थानीय निकायमा काम गरेका कर्मचारीलाई हेप्न सक्ने वातावरण सिर्जना गरेकोले आफ्नो मनोबल गिराएर काम गर्न नसक्ने उनीहरुको भनाई छ । स्थानीय निकायमा काम गर्ने कर्मचारिलाई जस्तो स्वायत्त संस्थालाई संघीय सरकारले पेन्डुलम बनाउन खोजेको कर्मचारीको आरोप छ । साथै उनीहरुले सर्वोच्च अदालतको २०७४ पुष २१ गतेको फैसलालाई कार्यान्वयन गर्नुपर्ने माग समेत गरेका छन् । कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा १५ र स्थानीय सरकारमा सञ्चालन ऐन २०७४ को दफा ८७ बमोजिम साविक स्थानीय निकायका कर्मचारीको स्थायित्व तथा कर्मचारीको स्तरवृद्धि तथा वृत्ति बिकास गर्ने कुुरा तत्काल लागु गर्न पनि माग गरेका छन् । उप–प्रमुख गुमादेवी आचार्यले पनि यो समस्या छिटो भन्दा छिटो समाधान गर्न संघीय सरकारसँग आग्रह गरेकी छन् । स्थानीय निकायका सबै सेवाका कामकाज नै ठप्प पारेर आन्दोलनमा उत्रेपछि नगरपालिका भित्रको फोहोर व्यवस्थापनमा समेत असर पर्ने देखिएकाले बुटवलमा प्रदुषणकोे समेत खतरा रहेको छ ।
- ऋषि भट्टराई

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



