

फुली जोगाउन अनेक ‘फुलबुट्टा’
सर्वेन्द्र खनाललाई प्रधानमन्त्री कार्यालयमा सुरक्षाबिज्ञको रुपमा राखेर पुष्कर कार्कीलाई प्रमुख प्रमुख बनाउन पनि प्रधानमन्त्रीमाथि दबाव परेको छ । तर, सरकारमाथि चौतर्फी आलोचना भईरहेको समयमा प्रधानमन्त्रीले यो निर्णय तत्काल लिन सकेका छैनन्
-
काठमाडौं ।
पछिल्लोपटक निर्मला पन्त हत्यामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेका प्रदीप रावल र विशाल चौधरीबारे विभिन्न टिकाटिप्पणी आएपछि प्रहरीको आलोचना भएको छ । यसअघि पनि प्रहरीले निर्मला हत्याकाण्डमा स्थानीय दिलिपसिंह विष्टलाई हत्यारा भन्दै सार्वजनिक गरेको थियो । पछि उनको डिएनए परीक्षणबाट मेल नखाएपछि उनी छुटेका थिए । यी घटनाले प्रहरी प्रमुख सर्वेन्द्र खनालमाथि प्रश्न उठेको छ । त्यसपछि उनले अनेक प्रपञ्च रच्न थालेको आरोप लाग्न थालेको छ ।
News Desk 0 response शुक्रबार, पुस ६, २०७५
राष्ट्रपति बिद्यादेवी भण्डारीको चाहना बिपरित प्रहरी प्रमुख बनेका सर्वेन्द्र खनाललाई फुली जोगाउन अनेक प्रपञ्च रच्नु परेको हो । निर्मला पन्तको हत्यारा पत्ता लगाउन असफल भएको प्रहरी संगठनको नेतृत्व गरेका खनालमाथि प्रश्न उठ्नु स्वाभाबिक हो । हत्यारा पत्ता नलाग्दा प्रहरी संगठन बदमानसमेत हुन थालेको छ । सुरुमा मानसिक सन्तुलन गुमेका निर्दोष युवकलाई दोषी करार गरेको प्रहरीले पछिल्ला समयमा पनि अनेक मान्छेलाई दुःख दिएर आफ्नो बचाउ गरिरहेको छ । गुण्डागर्दीमा संलग्न तथा तस्करीसँगको साठगाँठमा प्रहरी प्रमुख खनाललाई जोड्ने गरिन्छ । प्रहरीले निर्मला हत्याका बेला कुखुरा चोरीको आरोपमा प्रहरी कष्टडीमा रहेका युवकलाई पुन पक्राउ गरेपछि निर्मला हत्याकाण्डमा पनि प्रहरीको नियत स्पष्ट देखिएको बिश्लेषण हुन थालेको छ । राष्ट्रपतिका नजिक मानिएका पुष्कर कार्कीलाई महानिरिक्षक वनाउन तत्कालिन सरकारलाई ब्यापक दवाव थियो । तर, नवराज सिलवालको बचाउ गरेका प्रधानमन्त्री ओलीलाई सामाजिक रुपमा आलोचना हुने डरले पहिलो नम्वरमा रहेका खनाल प्रमुख बनेका थिए । त्यसोत प्रधानमन्त्री ओलीका नजिक तर राष्ट्रपतिबाट पीडित बनेका नेता तथा कार्यकर्ताले खनाललाई प्रमुख नबनाए राम्रो नहुने धम्की दिएका थिए । ‘राष्ट्रपतिले भनेको प्रधानमन्त्रीले नमानेको यही एउटा काम हो । हामीले दवाव दिएर यो निर्णय गर्न बाध्य वनाएका हौं’–प्रधानमन्त्रीका निकट मानिने एक नेताले सार्वजनिकरुपमा नै यस्तो अभिव्यक्ति दिए । पछिल्लो समय प्रधानमन्त्री ओली पनि प्रमुख खनालको कामप्रति त्यति सन्तुष्ट नभएको ती नेताले बताए । निर्मलाको हत्याराका बिषयमा पनि प्रधानमन्त्रीले महानिरिक्षक खनाललाई पटक पटक खोजखवर गरेकोे ती नेताले बताए । ‘तिमीलाई प्रहरी प्रमुख नबनाउन ठुलै दवाव थियो । त्यसलाई बेवास्ता गरेर यो निर्णय गरे तर तिमीले आशा अनुरुपको काम गर्न सकेनौं’प्रधानमन्त्रीको भनाई भन्दै ती नेताले जनप्रशासनलाई बताए । सर्वेन्द्र खनाललाई प्रधानमन्त्री कार्यालयमा सुरक्षाबिज्ञको रुपमा राखेर पुष्कर कार्कीलाई प्रमुख प्रमुख बनाउन पनि प्रधानमन्त्रीमाथि दबाव परेको छ । तर, सरकारमाथि चौतर्फी आलोचना भईरहेको समयमा प्रधानमन्त्रीले यो निर्णय तत्काल लिन सकेका छैनन् । यस्तै दवाव परेपछि खनालले बिगतमा निर्दोष भनेर छाडिएका बिभिन्न ब्यक्तिलाई पक्राउ गरेर हत्यारा नजिक पुगेको समाचार बाहिर ल्याईरहेका छन् । प्रहरी प्रमुख खनालले पनि आफ्नो बचाउका लागि बिभिन्न ब्यापारीदेखि नेतासम्म प्रयोग गरिरहेका छन् । खनाललाई प्रहरी निरिक्षक हुने बेलादेखिनै पालपोषण गर्दै आएका बिवादास्पद ब्यापारी दिपक मल्होत्रा अहिले खनाल जोगाउने अभियानका अगुवा हुन् । सुरुमा खनालले काठमाडौंमा घर बनाउने बेलामा उनै मल्होत्राले खासा ब्यापारमा संलग्न ब्यक्तिहरुलाई बिभिन्न सामानको बन्दोवस्त गर्न लगाएका थिए । मल्होत्राकै अनुरोधमा खासा ब्यापारीले फर्निचर,बालुवादेखि सिमेन्टसम्म खरिद गरिदिएको एक ब्यापारी बताउँछन् ।
निर्मला हत्याकाण्डको दोषी जोगाउन प्रहरीनै लागेको आरोप लागिरहँदा पनि सामान्य नैतिकता नदेखाएको आरोप पनि खनाल माथि छ । त्यही आरोप मेटाउन पक्राउ गरिएका ब्यक्तिमाथि अनुसन्धान गर्न आफै पुगेको समाचार उनले लेखाएका छन् । त्यसोत काँग्रेसका नेताहरु आफुबिरुद्ध रहेको समाचार पनि खनाल नजिककाहरुले बाहिर ल्याईरहेका छन् । घैंटै मारेको रिस फेर्न काँग्रेस नेता गगन थापाले खनाल बिरुद्ध षडयन्त्र गरिरहेको समाचार खनालवाटै पालिएका केही पत्रकारले बाहिर ल्याएपछि त्यसको पुष्टि भएको हो । खनालका बिरुद्ध सडकमा नारा लाग्नुमा पनि उनै गगनको हात रहेको बेलिबिस्तार प्रधानमन्त्री कार्यालयमा पनि पुगेको छ । तर, प्रधानमन्त्रीले यो कुरा नसुनेको बालुवाटारमा चर्चा रहेको जनप्रशासन पाक्षिकले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



