

-
सेनाको इन्फेन्ट्रीतर्फका एकसहित प्राविधिकबाट आधा दर्जन बढीले एकतारे जर्नेलको फुली लगाउने भएपछि नक्कली शैक्षिक प्रमाणपत्रमा छानवीन चलिरहेका शैलेन्द्र थापा र सञ्जयसिंह भण्डारी छुट्ने पक्कापक्की भएको छ ।
News Desk 0 response बिहिबार, पुस ५, २०७५
शरद गिरीको निम्ति १५ दिने सूचना प्रकाशित भएपछि यी दुई भाइसँगै नागरिकता केरमेट गर्ने सैनिक सचिव सरोजप्रताप राणाको समेत जागिर धरापमा परेको हो । अबको बढुवा सिफारिशमा परेका छन्, मध्यपूर्वी पृतनामा कार्यरत कर्णेल आशबहादुर तामाङ । उनीसँगै एकतारे जर्नेल बन्नेमा रणनीतिक तथा दीर्घकालीन योजना निर्देशनालयका कृष्णदेव भट्ट, पूर्वडिआइजी तथा ललितपुरबाट नेकपाका सांसद नवराज सिलवालका भाइ सुदर्शन, लामो समय प्रकृति संरक्षण शिक्षालय (निकुञ्ज) मा बसेर अकुत कमाएका कृष्णप्रसाद सापकोटादेखि जङ्गी असवाव निर्देशनालयका सुशीलकुमार भण्डारीसम्म छन् । प्राविधिकतर्फका डा.सुशीलबहादुर रावल, डा.इभा श्रेष्ठ, रमा सुब्बा, डा.अमित जोशी, डा.राजीवकुमार देव र डा.श्रीजन मल्ल पनि जर्नेल र फुल कर्णेलको फुली लगाउनेमा परेका छन् ।
त्यस्तै, अस्ति सोमबारदेखि लागु हुने गरी सेनाको जासुसी विभाग प्रमुखमा दिपायलबाट झंकरबहादुर कडायत आएका छन् भने उनी रहेको सुदूरपश्चिम पृतनामा बालकृष्ण कार्की सरुवा–बढुवा हुने भएका छन् । सैनिक सचिवमा भने नं. ६ बाहिनी अड्डा बैरेनीका निर्मलकुमार थापा र त्यहाँ लवकुमार थापाले पोष्टिङ पाएको जनआस्थाले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्
शुक्रबार, माघ १३, २०७९