-
काठमाडौं । लोकसेवा आयोगले न्याय, कानुन र अन्य गरी तीन समूहमा २९६ अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । अधिकृतस्तरमा न्याय, कानुन र सरकारी वकिल गरी खुलातर्फ १४२ जनाका लागि विज्ञापन खुलाइएको छ। न्यायमा ९३, कानुनमा २९ र सरकारी वकिलमा २० जनाको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुनेछ।
आयोगले न्याय सेवाका कानुन, न्याय, सरकारी वकिल समूह तथा लेखापरीक्षण र संसद् सेवा समूहमा मात्र पदपूर्ति गर्नका लागि विज्ञापन गरेको हो।
न्याय सेवा र लेखापरीक्षण समूहको सहसचिव र उपसचिवसम्मको आन्तरिक खुला र खुला पदपूर्तिका लागि सूचना जारी गरिएको हो।
सरकारी वकिल समूहमा सहसचिवतर्फ ७ पदपूर्ति हुनुपर्नेमध्ये एक जना खुलाको खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने आयोगको विज्ञापनमा उल्लेख छ। बाँकी पदपूर्ति आन्तरिक प्रतिस्पर्धा र समावेशी रुपमा हुनेछ।
उपसचिवतर्फ न्याय सेवावाट ५, सरकारी वकिल २ र व्यवस्थापिका संसद् सेवा समूहमा १ जनाको मात्र खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने विज्ञापनमा उल्लेख छ। ५३ मध्ये अन्य पदपूर्ति आन्तरिक खुला प्रतिस्पर्धा र समावेशीका आधारमा हुने विज्ञापनमा उल्लेख छ।
महिलातर्फ न्यायमा २३, कानुनमा ८ र सरकारी वकिलमा ४ जनाको कोटा रहेको छ। आदिवासी जनजातितर्फ न्यायमा २२, कानुनमा ७ र सरकारी वकिलमा ३ जनाको कोटा छ।
समावेशी अन्तर्गत नै मधेसी कोटामा न्यायमा १८, कानुनमा ५ र सरकारी वकिलमा ३ जनाको विज्ञापन गरिएको छ।
News Desk 0 response बुधबार, मंसिर २६, २०७५
सम्बन्धित शीर्षकहरु
-
समितिले प्रदेश र स्थानीयतहमा गएका कर्मचारीलाई संघमा..
शुक्रबार, फाल्गुन ३, २०७५ -
घुस लिने अख्तियारका आयुक्तले राजीनामा दिए
शुक्रबार, फाल्गुन ३, २०७५ -
नौ महिनादेखि रोजगारीका लागि मलेशिया जाने प्रकृयामा..
शुक्रबार, फाल्गुन ३, २०७५ -
सरकारी डाक्टर पनि स्थानीयतह जान आलटाल गर्दै
शुक्रबार, फाल्गुन ३, २०७५ -
नेपाल प्रहरी यसरी पर्दैछ दुई सरकारको चेपुवामा
शुक्रबार, फाल्गुन ३, २०७५
-
समितिले प्रदेश र स्थानीयतहमा गएका कर्मचारीलाई संघमा..
शुक्रबार, फाल्गुन ३, २०७५ -
घुस लिने अख्तियारका आयुक्तले राजीनामा दिए
शुक्रबार, फाल्गुन ३, २०७५ -
नौ महिनादेखि रोजगारीका लागि मलेशिया जाने प्रकृयामा..
शुक्रबार, फाल्गुन ३, २०७५ -
सरकारी डाक्टर पनि स्थानीयतह जान आलटाल गर्दै
शुक्रबार, फाल्गुन ३, २०७५ -
नेपाल प्रहरी यसरी पर्दैछ दुई सरकारको चेपुवामा
शुक्रबार, फाल्गुन ३, २०७५
-
प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुन यस्तो..
बुधबार, फाल्गुन १, २०७५ -
एनसेलले कर तिर्नुपर्ने आदेश न्याय नमरेको..
बिहिबार, माघ २४, २०७५ -
एनसेलबाट लाभकर उठाउन सर्वोच्चको आदेश
बुधबार, माघ २३, २०७५ -
घुस खाने अख्तियारका आयुक्त पाठक काँग्रेस नेता..
शुक्रबार, फाल्गुन ३, २०७५ -
जुनियरको बढुवा सिनियरको राजीनामा
आइतवार, माघ २७, २०७५