

-
काठमाडौं । लोकसेवा आयोगले न्याय, कानुन र अन्य गरी तीन समूहमा २९६ अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । अधिकृतस्तरमा न्याय, कानुन र सरकारी वकिल गरी खुलातर्फ १४२ जनाका लागि विज्ञापन खुलाइएको छ। न्यायमा ९३, कानुनमा २९ र सरकारी वकिलमा २० जनाको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुनेछ।
आयोगले न्याय सेवाका कानुन, न्याय, सरकारी वकिल समूह तथा लेखापरीक्षण र संसद् सेवा समूहमा मात्र पदपूर्ति गर्नका लागि विज्ञापन गरेको हो।
न्याय सेवा र लेखापरीक्षण समूहको सहसचिव र उपसचिवसम्मको आन्तरिक खुला र खुला पदपूर्तिका लागि सूचना जारी गरिएको हो।
सरकारी वकिल समूहमा सहसचिवतर्फ ७ पदपूर्ति हुनुपर्नेमध्ये एक जना खुलाको खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने आयोगको विज्ञापनमा उल्लेख छ। बाँकी पदपूर्ति आन्तरिक प्रतिस्पर्धा र समावेशी रुपमा हुनेछ।
उपसचिवतर्फ न्याय सेवावाट ५, सरकारी वकिल २ र व्यवस्थापिका संसद् सेवा समूहमा १ जनाको मात्र खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने विज्ञापनमा उल्लेख छ। ५३ मध्ये अन्य पदपूर्ति आन्तरिक खुला प्रतिस्पर्धा र समावेशीका आधारमा हुने विज्ञापनमा उल्लेख छ।
महिलातर्फ न्यायमा २३, कानुनमा ८ र सरकारी वकिलमा ४ जनाको कोटा रहेको छ। आदिवासी जनजातितर्फ न्यायमा २२, कानुनमा ७ र सरकारी वकिलमा ३ जनाको कोटा छ।
समावेशी अन्तर्गत नै मधेसी कोटामा न्यायमा १८, कानुनमा ५ र सरकारी वकिलमा ३ जनाको विज्ञापन गरिएको छ।
News Desk 0 response बुधबार, मंसिर २६, २०७५

सम्बन्धित शीर्षकहरु
-
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३



