

-
काठमाडौं : देशको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षमा लगानी विस्तारसँगै सडक सञ्जाल, रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेख्य प्रगति भएको देखिएको छ ।
आर्थिक सर्वेक्षण २०८२/८३ ले सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सञ्चार पूर्वाधार विस्तारमा प्रगति भएको देखाएको छ । सर्वेक्षण अनुसार सङ्घीय सरकारबाट निर्मित कालोपत्र सडकको घनत्व १३८.७ मिटरप्रति वर्गकिलोमिटर पुगेको छ । साथै डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत घरधुरीसम्म पुगेको छ भने मोबाइल टेलिफोन ग्राहकको घनत्व जनसङ्ख्याको १०३.२ प्रतिशत पुगेको छ ।
विसं २०८२ फागुनसम्म रणनीतिक तथा स्थानीय सडक सञ्जाल गरी कुल ३६ हजार ८०६ किलोमिटर सडक निर्माण भएको छ । यसमध्ये २० हजार ४५६ किलोमिटर कालोपत्र, ७ हजार ६०२ किलोमिटर ग्राभेल र ८ हजार ७४८ किलोमिटर कच्ची सडक रहेका छन् । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल सडक लम्बाइ ३६ हजार २२६ किलोमिटर रहेको थियो ।
आर्थिक वर्ष २०८१र८२ मा ३०१ किलोमिटर नयाँ कच्ची सडक निर्माण भएको थियो भने १ हजार २३५ किलोमिटर सडक कालोपत्रस्तरमा स्तरोन्नति गरिएको थियो । चालू आर्थिक वर्षको फागुनसम्म ७६ किलोमिटर नयाँ सडक निर्माण, ४१३ किलोमिटर सडक कालोपत्र स्तरोन्नति तथा १०२ पुल निर्माण सम्पन्न भएका छन् ।
राष्ट्रिय गौरवका आयोजनामा पनि उल्लेख्य प्रगति भएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत १ हजार ८७९ किलोमिटर सडकमा १ हजार ५२९ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । त्यस्तै १३७ पुलमध्ये ११४ पुल निर्माण सम्पन्न भएका छन् ।
हुलाकी लोकमार्गमा पनि निर्माण कार्यले गति लिएको छ । १ हजार ८५७ किलोमिटर सडक लम्बाइमध्ये १ हजार ३८१ किलोमिटर सडक कालोपत्र भएको छ भने २५० पुलमध्ये १४३ पुल निर्माण सम्पन्न भएको छ ।
उत्तर–दक्षिण लोकमार्गअन्तर्गत कालीगण्डकी कोरिडोरमा २९२ किलोमिटर सडक कालोपत्र भएको छ भने ३६ पुल निर्माण सम्पन्न भएका छन् । कर्णाली कोरिडोरमा सम्पूर्ण ट्र्याक निर्माण कार्य सम्पन्न भएको छ भने अहिलेसम्म ४१.५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ ।
कोशी कोरिडोरअन्तर्गत थप १४ किलोमिटर सडक कालोपत्र तथा ११ पुल निर्माण सम्पन्न भएका छन् । मदन भण्डारी राजमार्गमा ७४० किलोमिटरमध्ये ३९५.५ किलोमिटर सडक कालोपत्र भएको छ ।
ठूला सडक आयोजनामा नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत ९५.५ किलोमिटर चार लेन सडक निर्माण सम्पन्न भएको छ । मुग्लिन–पोखरा सडकमा ७८.४ किलोमिटर चार लेन सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भएको छ ।
सुरुङमार्ग निर्माणतर्फ सिद्धबाबा सुरुङमार्गमा मुख्य सुरुङको १ हजार १२६ मिटर कङ्क्रिट लाइनिङको काम सम्पन्न भएको छ । नागढुङ्गा सुरुङमार्गमा टनेल संरचना निर्माण पूरा भइसकेको छ भने प्रकाश, भेन्टिलेसन, अग्नि नियन्त्रण र सूचना प्रणाली जडानसम्बन्धी काम पनि सम्पन्न भएको छ ।
काठमाण्डौ–तराईरमधेश द्रुतमार्गमा निर्माणाधीन ७ वटै सुरुङको काम जारी रहेको छ । यस आयोजनाअन्तर्गत पुल निर्माणतर्फ पनि विभिन्न चरणका संरचना निर्माण भइरहेको आर्थिक सर्वेक्षणले जनाएको छ ।
यद्यपि पूर्वाधार निर्माणको विस्तारसँगै सडकको गुणस्तर, समयमै सम्पन्न हुने अवस्था, सडक सुरक्षा तथा दीर्घकालीन दिगोपनामा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ १३, २०८३

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३



