

-
काठमाडौं : सरकारले भोलि आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दैछ । नवयुवा आन्दोलनपछिको चुनावमा झन्डै दुईतिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको पहिलो बजेटप्रति सर्वसाधारणको विशेष चासो छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रास्वपाको वाचापत्रलाई आधार मानेर बजेट तर्जुमा गरेका छन् । चालू आर्थिक वर्षको १९ खर्ब ६४ अर्ब रुपैयाँको तुलनामा यस पटक २ देखि ३ खर्ब धेरै अर्थात् केही महत्त्वाकाङ्क्षी कार्यक्रमसहितको बजेट आउने अपेक्षा छ । बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिँदैछ ।
रास्वपाले १० वर्षभित्र नेपाललाई मध्यम आय भएको देश बनाउने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र ७ वर्षभित्र अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य राखिसकेकाले त्यहीअनुसार बजेट कार्यक्रम समेटिँदैछ ।
स्रोतको चाप भएकाले सामाजिक सुरक्षा भत्ता नबढाइने भए पनि निजामती कर्मचारीको पारिश्रमिक वृद्धि र सबै सरकारी सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिँदैछ ।
साथै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्चस्तरीय आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराइने र कृषि, पर्यटन, ऊर्जा तथा सूचना प्रविधिलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा प्रस्तुत गरिने बजेट निर्माणमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन् ।
यसैबीच सङ्घीय संसद् सचिवालयले बजेट पेश हुने भोलिको संयुक्त बैठकको तयारी पूरा गरेको छ । सिंहदरबारमा नयाँ र निर्माणाधीन संसद् भवनमा अहिले प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा भोलि दिउँसो ४ बजे संयुक्त बैठक राखिएको छ । बैठकमा प्रतिनिधिसभा चुनावपछिको नयाँ सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गर्नेछन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई पौने ४ बजे नै उपस्थित हुन सूचित गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधिसभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि अहिलेसम्म ‘फिनिसिङ’ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुति हुन लागेको जानकारी दिए।
News Desk 0 response बिहिबार, जेष्ठ १४, २०८३

सम्बन्धित शीर्षकहरु
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



