

-
एकातिर सुनकाण्डका थुप्रै शंकास्पद व्यक्ति खुलेआम हिँडिरहेका छन् भने अर्कातिर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल युएई गएका बेला आरोपितसँगै ‘रिट्रिट’मा देखिएका छन् ।
स्रोतका अनुसार इन्टरपोलको महासभामा माग लिन नेपालबाट यूएई गएका आईजीपी खनालसहित केन्द्रीय अनुसन्धान ब्यूरो का प्रमुख प्रहरी नायब महानिरीक्षक निरज शाही, इन्टरपोल शाखाका प्रहरी उपरीक्षक उमेशराज जोशी, कुकुर शाखाकी प्रहरी वरिष्ठ उपरीक्षक देउती गुरुङ लगायतका अधिकारीले त्यहाँ सुनकाण्डका एक आरोपितसँग रिट्रिट गरेका हुन् ।
सुनकाण्डमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ सँग जोडिएर हुन्डी कारोबार गरेको आरोप लागेका धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई यूएईमा व्यवसाय गर्दै आएका ठाकुर ढुंगानासँग आईजीपीसहितका प्रहरी अधिकारीहरु ‘रिट्रिट’ मा सहभागी भएका हुन् ।
सर्वेन्द्र खनालसँगै यूएई गएकी एसएसपी देउती गुरुङ, इन्टरपोलका एसपी उमेशराज जोशीसँगै सुनकाण्डका आरोपित ढुंगाना ।
इन्टपोलको सम्मेलन सकिएलगत्तै गैरआवासीय नेपाली संघ को वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी भएका आईजीपीलाई ६ गते रास अल खेलाको पहाडमा रिट्रिट गराइएको त्यहाँ उपस्थित एनआरएनका एक अधिकारीले बताए ।गत शुक्रबार आयोजित एनआरएन युएईको राष्ट्रिय भेलामा आइजीपी खनाल प्रमुख अतिथि बनेका थिए । कार्यक्रममा ठाकुर पनि सहभागी थिए । र, उनले मन्तव्यसमेत व्यक्त गरेका थिए ।
त्यहाँ आईजीपी बसेको स्थानबाट पछाडि पट्टि ढुंगाना बसेका थिए । एनआरएन अध्यक्ष रमेश श्रेष्ठले कार्यक्रम व्यक्तिगत भएको भन्दै खानपिनको फोटो नखिचिदिन पटक–पटक सहभागीलाई अनुरोध गरेको अनलाईन खवरले लेखेको छ ।
कार्यक्रममा एनआरएनका आईसीसी सदस्य मनोज गोर्खाली, जनजाति महासंघ, यूएईका अध्यक्ष पासाङ शेर्पा, व्यवसायी सालिक सुवेदी, बैंक प्रतिनिधि नवीन पौडेल, एनआरएन यूएईकै राजु केसीसहित थप २२ जना सहभागी थिए ।
News Desk 0 response सोमवार, मंसिर १०, २०७५

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



