

-
दुई सचिवका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अस्तव्यस्त छ । मन्त्रिपरिषद् सचिवालयमा खटाइएकी पुष्पा चौधरी सर्वोच्च अदालतको आदेशबाट मन्त्रालयमा फर्केकी छन् । तर, उनलाई भूमिकाविहीन बनाउँदै उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले निमित्त सचिवमा सुशीलनाथ प्याकुरेललाई ल्याएर प्रशासनिक अधिकारसहित शक्तिशाली बनाएका छन् । दरबन्दी नभए पनि एकै मन्त्रालयमा दुई सचिव रहनुले अव्यवस्थित भएको छ । हालै सुशीलले केही उपसचिवहरूको सरुवा गरेका छन् । कर्मचारी प्रशासनमा बाबुराम लामिछानेलाई ल्याइएको छ । उनी साविक आपूर्ति व्यवस्था महाशाखामा बसेर खरिद, ठेक्का, ढुवानी, भेरिएसन अर्डर सबैतर्फबाट राम्रो कमाइ गरेका कर्मचारी छन् । त्यसअघि गृह र यातायातका अतिरिक्त कमाइ हुने अड्डामा बसिसकेका छन् ।
News Desk 0 response बुधबार, मंसिर ५, २०७५
त्यस्तै, योजना शाखामा उपसचिव भक्तराज जोशीलाई खटाइएको छ । उनी गगन थापाको पालामा रकमान्तर गर्ने समूहका हुन् । थापाको पालामा जोशी, सुरेश शर्मालगायतले मन्त्रालयबाट अस्पताललाई रकम अनुदान दिने र आफूले भनेका व्यापारीबाट सामान किन्न लगाउने गरेका थिए । अस्पताल प्रमुखलाई भनेकै व्यापारी र फर्मबाट सामान खरिद गर्न लगाएर मात्र भुक्तानी प्रक्रिया अघि बढाउने र कमिसन सोझै मन्त्रालयमै बुझ्ने गरिएको थियो । त्यही बेला कमसल गुणस्तरका सामग्री खरिद भएकाले लुम्बिनी अस्पताल र वीर अस्पतालका खरिदसम्बन्धी फाइल अहिले पनि अनुसन्धान प्रक्रियामा छन् ।
पुष्पा चौधरीको भित्रियाका रूपमा परिचित मोहम्मद दाउद र ललनप्रसाद साहलगायतले अहिले पनि पुष्पाको नाममा मातहतका कार्यालय र कर्मचारीबाट शुभलाभ हासिल गरिरहेका छन् । दश लाख रुपैयाँ नदिएको बदलामा जनरल स्टोर टेकुका प्रमुख केदारनाथ उप्रेतीलाई मन्त्रालयमा सरुवा गरेकी थिइन् । हाल मोहम्मद दाउदले उनलाई सवारी व्यवस्थापनको जिम्मेवारीबाट पनि हटाएका छन् । सम्झौता शाखाबाट शंकर कँडेललाई हटाएर सत्यदेव यादव र रणबहादुर घर्तीलाई जिम्मेवारी दिइएको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



