

प्रहरी र समुदायको नयाँ साझेदारी संरचना
गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा कात्तिक ११ देखि शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्याउने लक्ष्य लिइएको छ
-
‘समुदाय–प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी देशभरका ३६० जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति निर्माण गरिसकिएको बताउँछन् ।
‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ ।
गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा कात्तिक ११ देखि शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्याउने लक्ष्य लिइएको छ ।
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि प्रहरीले देशभरका ६२० स्थानीय तहसँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।
७५३ स्थानीय तहसम्म कार्यक्रम लैजाने लक्ष्यका साथ अगाडि बढेको प्रहरीले अहिलेसम्म ६२० स्थानीय तहसँग समझदारी गरिसकेको हो ।
प्रहरीले सबै सामाजिक संस्था र विद्यालयसम्म उक्त कार्यक्रम लैजान सके १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक यो कार्यक्रममा प्रत्यक्ष संलग्न हुनेछन् ।
कार्यक्रमलाई सफल पार्न प्रहरीले पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घर घरमा पुगेर समाजमा हुने अपराधसम्बन्धी जानकारी गराउने, प्रशिक्षण दिने, सामुदायिक गस्ती गर्ने, अन्तरक्रिया कार्यक्रम सञ्चालन तथा सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गर्नेछ ।
अपराध रोकथामका लागि विद्यालयसँग सहकार्य गरेर छुट्टै पाठ्यक्रम निर्माण गरेर लागू गर्ने गरी अगाडि बढेको छ ।
प्रहरीले समाजमा हुने अपराधलाई न्यूनीकरण गर्न केही स्थानीय तह र सामाजिक संघ संस्थाको सहयोगमा सिसीटिभी जडान कार्यसमेत शुरुआत् गरिसकेको प्रवक्ता सुवेदीले बताए ।
‘सिसीटिभीको जडानसँगै अपराध रोकथाममा सहयोग पुग्ने विश्वास प्रहरीले लिएको छ’, उनले भने । कार्यक्रम कार्यान्वयनमा आए समाजमा हुने अपराधमा ठूलो मात्रामा कमी आउने प्रहरीले विश्वास लिएको छ ।
कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिने गरी प्रहरीले काम गरिरहेको प्रवक्ता सुवेदीको भनाइ छ । विद्यालय सम्पर्क कार्यक्रम तथा समुदाय आधारित सचेतना कार्यक्रम शुरुआत् भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
‘हरेक गाउँ र टोलमा समिति निर्माण गर्ने अवधारणामा स्थानीय जनसहभागिता उत्साहजनक पाइएको छ’, प्रवक्ता सुवेदीले भने । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत स्थानीय जनसमुदायको सहयोगमा केही फरार अपराधी समेत नियन्त्रणमा लिइसकेको छ ।
विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्य्दिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास लिएको प्रहरीले मंसिरसम्ममा सबै जिल्ला, पालिका, वडा, टोल र विद्यालयमा समिति निर्माण गरिसक्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू
सोमवार, चैत्र १०, २०८१-
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१ -
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
सोमवार, चैत्र १०, २०८१ -
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज गर्ने..
सोमवार, चैत्र १०, २०८१
-
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१ -
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
सोमवार, चैत्र १०, २०८१ -
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१