

-
सिन्धुपाल्चोक ।
पुनर्निर्माणमा प्राविधिक सहयोग गर्न गाउँ–गाउँमा खटिएका प्राविधिकहरुले भूकम्प पीडितहरुसँग खुलेआम घुस लिएको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको घोर्थली र तौथलीमा खटिएका प्राविधिकहरुले घर पास गर्नका लागि जनही १० हजार घुस लिएका त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । घुस मागे पनि उनीहरुलाई कार्वाही गर्न नसकिएको उनको भनाई छ ।
बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले मापदण्ड नपुगेको घर पनि पास भइरहेको भन्दै यसमा अनियमितता भएको बताए । वडा अध्यक्ष र प्राविधिकहरु मिलेर अनियमितता गरेको प्रमुखको भनाई छ । तथापि यस वारेमा कुनै उजुरी र कार्वाही भने भएको छैन ।
वास्तविक भूकम्पपीडितले सुन्दर र सुरक्षित घर बनाए पनि कतिपयले भने एक कोठे घर निर्माण गरी अनुदानको रकममा नै नाफा निकालेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले बताए । ‘जो खास पीडित हो उसले राम्रो घर बनाएका छन्, जस्को अन्यत्रै घर छ उसले झारा टारेर एक कोठे घर बनाएर अनुदान लिएको छ’, मेयर तामाङले भने ।म्याद थप भइरहँदा दिनानुदिन गुनासोको संख्या बढिरहेको भन्दै तत्काल गुनासो भर्ने काम बन्द गर्नुपर्ने उनले सुझाए ।
स्थानीय तहलाई पुननिर्माणको अधिकार नदिँदा पुनर्निर्माणको काम पारदर्शी बन्न नसकेको गाउँपालिका महासंघका अध्यक्षसमेत रहेका जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ बताउँछन् ।
उनका अनुसार कतिपय वास्तविक पीडित नै अनुदानबाट बञ्चित छन् । स्थानीय तहलाई कागजी रुपमा अधिकार दिइए पनि कार्यान्वयन पुरानै ढंगमा हुँदा समस्या भएको उनको बुझाइ छ । ‘कर्मचारी, जनशक्तिसहित सिष्टम नै स्थानीय तहमा जाने हो भने हामी गैरपीडितलाई ठेगान लगाउँछौं, वास्तविक पीडितलाई न्याय दिनसक्छौं’, उनी भन्छन् ।
पहिलो र दोस्रो किस्ता लिएर तेस्रो किस्ता नलिएरै राज्यकोषको २ लाख रुपैयाँ पचाउने नियत देखिएको भन्दै बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले पुननिर्माणका क्षेत्रमा अनुगमन नहुँदा समस्या भइरहेको सुनाए । ‘एउटै ब्यक्तिको जग्गामा दर्जनौ घरको डीपीसी भएका छन्, उनीहरुको घर बनाउने सोच नै हैन, अनुदान पचाउने दाउ मात्रै देखियो’, मेयर शेर्पाले भने,‘ वडाध्यक्ष र प्राविधिकहरु नै कमिसनमा लागेका छन् ।’
News Desk 0 response आइतवार, कार्तिक २५, २०७५


सम्बन्धित शीर्षकहरु

पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह
आइतवार, चैत्र २, २०८१-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१ -
बाजुरामा भीरमा अड्किएका ८ जनाको उद्धार
सोमवार, फाल्गुन २६, २०८१ -
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको..
बुधबार, फाल्गुन २८, २०८१