

-
काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको गाडी प्रयोग गर्नेमा सेनाका हाकिमदेखि पुलिसका हाकिम हुँदै राजनीतिक दलका नेतासम्मले दुरुपयोग गरेको भेटिएको छ ।
खानेपानीमन्त्री बिना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडी तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन्। ईलाका प्रहरी कार्यालयदेखि सेनाको ब्यारेकले पनि खानेपानी कार्यालयको गाडी दुरुपयोग गरिरहेको तथ्य वाहिर आएको छ ।
समितिका अनुसार प्रधानमन्त्री कार्यालयले मेलम्चीका दुई वटा गाडी लगेको थियो। एउटा गाडी प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लगिएको छ। बा १ झ ८७५९ नं को टोयोटा प्राडो जीप प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था मन्त्रालय लगिएको हो। त्यस्तै बा १ झ ८९९५ नम्बरको टोयोटा प्राडो जीप समेत प्रधानमन्त्री कार्यालयमा रहेको छ।
मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीमध्ये मेलम्ची र खानेपानी मन्त्रालय बाहेक अन्यत्र ६ वटा गाडीहरु प्रयोग भएका छन्।
बा ८ च ६७६० नं।को टोयोटा ल्याण्डक्रुजर जीप सहरी विकास मन्त्रालयमा छ। मन्त्रालयले उक्त गाडी २०६२ साल चैतदेखि प्रयोग गरिरहेको छ। सो गाडीमा हालै प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव दीपेन्द्रनाथ शर्मा चढ्ने गरेका छन्।
काठमाडौं उपत्यका विकास प्राधिकरणले मेलम्ची आयोजनाको बा १ झ ८७६३ नं। को प्राडो जीप प्रयोग गरिरहेको छ। प्राधिकरणले २०७० साल जेठ देखि उक्त गाडी प्रयोग गरिरहेको हो।
त्यस्तै सहरी विकास मन्त्रालयमा प्रयोग भईरहेको बा १ झ ७१९४ नं। को मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भईरहेको बा ४ च १५०३ नं को गाडी समेत फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन मन्त्रालयले निर्देशन दिएको छ।
News Desk 0 response बुधबार, कार्तिक १४, २०७५


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२