

-
१ उपसचिव, ६ शाखा अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले ती कर्मचारीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूले अवैध रूपमा लाइसेन्स बिक्री वितरण गरी अनियमितता गरेको अख्तियारको ठहर छ।यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, मेकानिकल इन्जिनियर श्याम केसी र नासु लेखनाथ भुसालविरुद्ध मुद्दा दायर गरिएको हो। यातायात कार्यालय ठूलो भर्याङका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अधिकृत विज्ञान खड्गी र यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।
यातायात कार्यालयमा काम गरिरहेका उनीहरू मुद्दा दायर भएसँगै स्वतः निलम्बित भएका छन्। अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिम १ वर्ष कैद सजाय माग गरेको छ। उपसचिव, अधिकृतलगायत कर्मचारीले १५ वर्षयता भ्रष्टाचारको जालो फिँजाएको अख्तियार स्रोतले दाबी गरेको छ।
News Desk 0 response बुधबार, अशोज २४, २०७५


सम्बन्धित शीर्षकहरु
-
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९