

भ्रष्टको निशानामा लुम्बिनी विश्वविद्यालय !
२०७१ कात्तिक २२ मा नियुक्त भएका उपकुलपति बज्राचार्य यो चारवर्षको अवधिमा एकसय ३४ दिन अर्थात् करीब चारमहिना मात्र कार्यालयमा हाजिर भएको देखिन्छ । उनी नियुक्त भएको वर्ष र त्यसपछिको वर्ष ०७२ मा एकदिन पनि केन्द्रीय कार्यालयमा हाजिर भएको रेर्कड छैन ।
-
लुम्बिनी ।
बौद्ध दर्शन, साहित्य र शिक्षाको बिकास गर्ने उद्देश्यले स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय भ्रष्टको अखडा वन्न थालेको छ । इन्जिनियरिङ कलेजलाई सम्बन्ध दिएर विवादमा तानिएका उपकुलपति नरेशमान बज्राचार्य कहिले नातागोता लाई भर्ति गरेर विवादमा आउँछन् त कहिले पदीय दुरुपयोग गर्दै वैदेशिक भ्रमण गरेर समस्यामा पार्छन् । महालेखा परीक्षकको प्रतिवेदनमा उपकुलपति बज्राचार्यले कुलपतिबाट स्वीकृत गराएर मात्रै विदेश भ्रमण गर्नुपर्ने विश्वविद्यालय ऐनलाई लत्याउदै गरेको वैदेशिक भ्रमणका बेला गरेको ५ लाख ४४ हजार ३ सय ७७ रुपैयां वेरुजु देखाउदै उक्त रकम दाखिला गर्न भनेको छ । उनी नियुक्त भएको ४ वर्षमा भएको यो भ्रमण अव समस्यामा परेको छ ।
। वेरुजु दाखिला गर्न आनाकानी गर्दै आएका उनले अन्य धेरै अनियमितता गरेको पाइएको छ । जनप्रशानलाई प्राप्त अनियमिताको फेहरिस्ता अनुसार, कार्यकारी परिषद्मा आफ्नै वहिनी सरला बज्राचार्य, नातेदार कविन्द्र बज्राचार्य लगायतलाई चरम पदीय दुरुप्रयोग गर्नेदेखि केन्द्रीय कार्यालय नजानेसम्म उनका वेथिति छन् ।
अझ आश्चर्यको कुरा त के छ भने २०७१ कात्तिक २२ मा नियुक्त भएका उपकुलपति बज्राचार्य यो चारवर्षको अवधिमा एकसय ३४ दिन अर्थात् करीब चारमहिना मात्र कार्यालयमा हाजिर भएको देखिन्छ । उनी नियुक्त भएको वर्ष र त्यसपछिको वर्ष ०७२ मा एकदिन पनि केन्द्रीय कार्यालयमा हाजिर भएको रेर्कड छैन । तैपनि तलब सुविधा सबै लिएको देखिन्छ । गत साउनमा दुई दिन र भदौमा २ दिनमात्रै केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए । विश्वविद्यालयको काम कारबाही र विकासमा आघात पु¥याउदै उपकुलपति बज्राचार्यले आफ्नै घरबाट विश्वविद्यालय सञ्चालन गर्दै आएका छन् । केन्द्रीय कार्यालय लुम्बिनीमा भएपनि काठमाडौंमा सम्पर्क कार्यालय खोलेर त्यहाँ बसेर एकैपटक कागजात मिलाउने गरेको स्रोतको दावी छ । यसरी ब्रम्हलुट मच्चाउँदा नत विश्वविद्यालयका पदाधिकारी बोलेका छन् । नत कर्मचारी नै बोल्छन् । यसरी कोही पनि नबोल्नु रहस्यको विषय बनेको छ ।
शिक्षा मन्त्रालयले गत वैशाखमै सबै विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौं बाट हटाउन र उपकुलपति लाई केन्द्रीय कार्यालयमा बसेर काम गर्न निर्देशन दिएपनि बज्राचार्य अटेर गरी आफूखुसी काठमाडौंमै बसेर काम गरिरहेका छन् । यसबारे मन्त्रालय बेखबर जस्तै बनेको छ । त्यसोत कहिलेकाही केन्द्रीय कार्यालय जाँदा पनि उनी आफैं अध्यक्ष रहेको बज्रपान विहारमा बस्ने गर्छन् । उनले विश्वविद्यालयमा आउने सेवा सुविधा पनि त्यसै विहारका नाममा बुझ्ने गरेका छन् । यसले विश्वविद्यालयलाई ठूलो नोक्सानी पु¥याएको छ । काठमाडौंमा आफ्नै घरमा बस्दै आएका उपकुलपति बज्राचार्यले लुम्बिनीबाट मासिकरुपमा २२ हजार आवास भाडा भने बुझ्दै आएका छन् । त्यसोत विभिन्न वहानामा उनले थप सुविधा पनि लिइरहेका छन् भने काठमाडौं कार्यालय भाडामा समेत गञ्जागोल भएको बताइन्छ ।
दोहो¥याएर उपकुलपति बन्ने चाहाना बोकेका बज्राचार्यका कारण लुम्बिनी विश्वविद्यालयको साख गिरेको, गुणस्तर खस्केको , वेथिति र भष्ट्राचार बढेको स्रोत बताउँछ । त्यस्तै उनले पदको चरम दुरुपयोग गरेर विश्वविद्यालय ध्वस्त बनाएको प्राध्यापक गितु गिरीले बताए । उपकुलपति नियमित उपस्थित नहुँदा दैनिक कार्यकाल साथै पाक्षिक बैठक, कार्यकारी समितिको वैठक र वार्षिक रुपमा हुने दीक्षान्त समारोह पनि हुन सकेका छैनन् । यस्तो लाजमर्दो अवस्था आउँदा सम्बन्धित कसैको ध्यान पुगेको छैन । तर, उपकुलपति बज्राचार्य आफू अघिका उपकुलपति भन्दा धेरै समय केन्द्रीय कार्यालय उपस्थित हुँदै आएको बताउँदै काठमाडौं बसेपनि आफूले विश्वविद्यालयकै काम गरिरहेको दावी गर्छन् । कहाँ बस्यो भन्दा विश्वविद्यालयका लागि के ग¥यो भन्ने महत्वपूर्ण कुरा हो उनले भने उपकुलपति भएपछि धेरै काम भएका छ । विरोध गर्नेले जे पनि भन्लान् ।जनप्रशासन पाक्षिक
News Desk 0 response सोमवार, अशोज २२, २०७५


सम्बन्धित शीर्षकहरु
-
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९
-
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९