

-
काठमाडौं ।
तपाईले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्नुभएको छ भने अव सहुलीयत दरमा आवास प्रदान गर्ने योजना आएको छ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूलाई सहुलियतमा घर उपलब्ध गराउने कार्यक्रम अघि बढाएको हो । तर यसरी उपलब्ध गराउने घरको मूल्य भने सञ्चयकर्ताले तिर्नुपर्ने छ।
सञ्चयकर्ताले कमाएको जति खान र बस्नमा धेरै खर्च भएर बचत न्यून हुँदै गएपछि सुरक्षित जीवनका लागि अवकास योजना अन्तर्गत यो कार्यक्रम सुरू गर्न लागिएको सञ्चय कोषका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद गौतमले जानकारी दिए।
सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरू जो सञ्चयकोषमा सञ्चयकर्ता छन्। उनीहरूले यस्तो सुविधा पाउने छन्।
यसमा सञ्चय कोषले जग्गा खरिद गरेर त्यसमा हाउजिङ वा सामूहिक आवासको संरचना बनाउने छ। त्यसरी बनेको आवासको लागतमा बढीमा १० प्रतिशत जोडेर सञ्चयकर्तालाई कोषले उपलब्ध गराउने छ।
यसको परीक्षणको रूपमा कोषले चितवनमा रहेको जग्गामा हाउजिङ बनाउने काम पनि सुरू गरिसहेको गौतमले जानकारी दिए। चितवनका लागि घरको डिजाइनको काम सकिएको उनले बताए।
यो कार्यक्रमका लागि जग्गा खरिद कठिन भएको तै पनि विस्तारै सबैतिर विस्तार गर्दै जाने उनको भनाइ छ।
हाल कोषमा ६ लाख संचयकर्ता रहेका छन्। जसमा १ लाख ६० हजारजति निजी क्षेत्रमा कार्यरत रहेका छन्। संचय कोषमा निजी क्षेत्रका प्रतिष्ठानहरुले पनि आफ्ना कर्मचारीको कोष बनाउन सक्छन्।
News Desk 0 response सोमवार, अशोज ८, २०७५

सम्बन्धित शीर्षकहरु
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको संकेत, विपक्षीद्वारा अस्वीकार
बुधबार, कार्तिक २७, २०८२-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
‘स्टोरकिपर’ हाकिमसँगै पत्रकारदेखि नेतासम्म खुशी पार्नुपर्ने पात्र
सोमवार, कार्तिक १८, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२



