

निजामतीको अनुसन्धान पनि निकम्मा
तालिम, ज्ञान र दक्षताका आधारमा यस्तो अपराधको अनुसन्धान गर्ने एक मात्र निकाय नेपाल प्रहरी हो । तर पछिल्लो समय गृह मन्त्रालयले प्रहरीलाइ पन्छाएर निजामति कर्मचारीको नेतृत्वमा अनुसन्धान गर्ने परम्परा नै बनाउन खोजेजस्तो देखिएको छ ।
-
प्रहरीलाई नै पन्छाएर निजामतीले गरेको अनुसन्धानले पनि केही माखो मार्न सकेन । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको छानविन गर्न गृह मन्त्रालयले निजामति कर्मचारी नेतृत्वमा अनुसन्धान टोली वनाएको थियो । तालिम, ज्ञान र दक्षताका आधारमा यस्तो अपराधको अनुसन्धान गर्ने एक मात्र निकाय नेपाल प्रहरी हो । तर पछिल्लो समय गृह मन्त्रालयले प्रहरीलाइ पन्छाएर निजामति कर्मचारीको नेतृत्वमा अनुसन्धान गर्ने परम्परा नै बनाउन खोजेजस्तो देखिएको छ ।
स्थानीय प्रहरीसंगै केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीबाट खटिएको टोलीलेसमेत जिम्मेवारी पुर्वक काम गर्न नसकेकोले अझै पनि निर्मला पन्तको हत्यारा कानुनको दायरामा आएको छैन । बलात्कार र हत्याजस्तो जघन्य अपराधको अनुसन्धान गर्ने आधिकारिक निकाय प्रहरी मात्रै हो । तर निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरीलाई नै जिम्मेवार बनाउन छोडेर गृह मन्त्रालयले निजामति सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा अर्को अनुसन्धान टोली बनाइदियो । तर यो अनुसन्धानले पनि केही उजागर गर्न सकेन ।
अनुसन्धानका क्रममा नष्ट गरिएको बाहेकका प्रमाण वा घटना क्रमबाट अपराधीसम्म पुग्ने ज्ञान र तालिम प्रहरीसंग मात्रै हुन्छ । निर्मला पन्तको घटनामा प्रमाण नै नष्ट गरिएको छ भने यसमा अनुसन्धानको ज्ञान र सीप नै नभएको निजामति कर्मचारीको नेतृत्वले कसरी अपराधी पत्ता लगाउन सक्छ ?
निर्मला पन्त हत्या काण्डमा मात्रै होइन ३३ किलो सुन काण्डमा पनि गृह मन्त्रालयले प्रहरीको अनुन्धानलाई नपत्याएर सहसचिवकै नेतृत्वमा अर्को टोली बनायो । तर उक्त टोलीले मुख्य दोषि त परको कुरा, सुन कस्ले लग्यो भन्ने सम्म पत्तालगाउन सकेन । नयाँ मुलुकी ऐनले फौजदारी अपराधको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई मात्रै दिएको छ । तर ठुला अपराधको अनुसन्धानमा समेत गृह मन्त्रालयले निजामति छिराउने प्रकृति देखाएको छ ।
News Desk 0 response सोमवार, अशोज १, २०७५


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९