

-
काठमाडौं । कृषि तथा वनविज्ञान विश्वविद्यालयले अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि दिने भनिएको जग्गा उपलब्ध नगराउने निर्णय गरेको छ।
यसअघि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पहलमा धुर्मुस सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय भएको थियो। क्रिकेट मैदानका लागि २० विघा जग्गा उपलब्ध गराउने निर्णयअनुरुप जग्गा नापजाँचसमेत भएको थियो।
भरतपुर महानगरपालिकासँगको सहकार्यमा फाउन्डेसनले रंगशाला निर्माण गर्नेगरी गृहकार्यसमेत थालिएको थियो।
महानगरका प्रमुख रेनु दाहालका अनुसार विश्वविद्यालयलाई भरतपुर–१८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको थियो।
रंगशाला निर्माणमा फाउन्डेसनलाई विदेशी दाताले पनि लगानी गर्न इच्छा व्यक्त गरेको भन्दै छिटो काम गर्न ताकेता भइरहेको थियो।
तर, सिनेट बैठकले विश्वविद्यालयलाई नै जग्गा अपुग भएको अवस्थामा क्रिकेट मैदान बनाउन जग्गा दिन नसकिने निर्णय गरेको हो। क्रिकेट मैदानका लागि उपलब्ध गराउने भनिएको जग्गा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको छ।
News Desk 0 response शनिबार, भदौ ३०, २०७५

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



