•  

    सिन्धुलीको एक विद्यालयकी शिक्षिकालाई विवाह गरेकै कारण नोकरीबाट निकालिएको  खबर छ ।

    समाचार अनुसार फिक्कल गाउँपालिका–३ स्थित कालिका प्राथमिक विद्यालयको बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ता रीमा खत्रीलाई यसरी निकालिएको हो । फिक्कलको खोलागाउँ निवासी रीमाले जिल्लाकै गोलञ्जोर गाउँपालिकाको डुडमञ्ज्याङमा विवाह गरेर गएपछि उनलाई विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले कामबाट हटाएको हो ।

    ०७४ जेठमा विवाह गरेकी रीमालाई विद्यालयले कात्तिकमै बर्खास्त गरिएको पत्र थमाएको थियो । तर उनले जिल्ला शिक्षा कार्यालयमा हारगुहार गरेर अहिलेसम्म सोही विद्यालयमा काम गरिरहेकी छन् । फेरि अहिले उनको पद रिक्त रहेको भन्दै विद्यालयले विज्ञापन निकालेपछि उनी न्याय खोज्दै अदालत पुगेकी नागरिक दैनिकमा खबर छ ।