

-
बुटवल ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनै पनि बहानामा विकास निर्माण र सेवा प्रवाहलाई कमजोर नबनाउन तीनै तहका कर्मचारीलाई निर्देशन दिएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उच्चस्तरीय प्रशासन सुधार, कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतको संयुक्त आयोजनामा शनिबार बुटवलमा आयोजित ‘प्रशासकीय पुनःसंरचनाको सन्दर्भमा सेवा प्रवाहको स्थिति र तहगत अन्तरसम्बन्ध’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मन्त्री पण्डितले कर्मचारीको योगदान र कार्य सम्पादनका आधारमा मूल्यांकन हुने बताए।
राष्ट्रसेवक कर्मचारीहरुका लागि काम गर्नेलाई सम्मान र नगर्नेलाई दण्डको व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले असल सहकार्य र प्रगतिमा योगदान गर्न पनि आग्रह गरे। प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको उक्त अन्तक्र्रियामा मन्त्री पण्डितले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरिक हुन आग्रह गरे।
उनले कुनै पनि कर्मचारीले अप्ठ्यारो नमान्ने गरी सबै कुराको व्यवस्थापन मिलाउन लागेको भन्दै कुनै पनि बहानाबाजी नगर्न कर्मचारीलाई निर्देशन दिए। मन्त्री पण्डितले सरकारले नयाँखालको मर्यादाक्रम बनाउन लागेको समेत स्पष्ट पारे।
उक्त कार्यक्रममा प्रदेश सरकारका भौतिक योजना तथा यातायात मन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा शंकर पाठक, सचिव दीपेन्द्र काफ्ले, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यलगायतले परिवर्तनको अनुभूति हुनेगरी काम गर्न जरुरी रहेको धारणा राखेका थिए।
-रासस
News Desk 0 response आइतवार, जेष्ठ २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



