

-
काठमाडौं ।
एसपी विद्यानन्द माझी उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेको भन्दै ६२ औं प्रहरी दिवसको अवसरमा सुनसरीबाट सम्मानित प्रहरी उपरीक्षक हुन् । तर, उनी कारबाहीमा परेका छन् । खोटाङबाट सुनसरी सरुवा भएको ४ महिनाको अवधिमै उत्कृष्ठ काम गरेको भन्दै माझी सम्मानित भएका थिए । बालिकामाथिको सामूहिक बलात्कार प्रकरणमा मुछिएपछि उनीसहित प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई सिन विभागीय कारबाही गरिएको हो ।
माझीको एक वर्षको ग्रेड रोक्का गरिएको छ भने दाहाललाई तल्लो टाइम स्केल घटुवा गरिएको छ । घटनाको छानबिन गर्न बनेको समितिको आधारमा कारबाही गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।
गत १६ पुसमा अंग्रेजी नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट होटलमा गएकी १४ वर्षीय बालिका बलात्कृत भएकी थिइन् । र, ती प्रहरी अधिकारीले प्रहरी कार्यालयभित्रै घटना गुपचुप मिलाएको आरोप लागेको थियो ।
पीडित बालिकाले धरानका जुकल लिम्बु र बिराटनगरका मनिष श्रेष्ठबाट आफू बलात्कृत भएको बयान दिएकी थिइन् ।
News Desk 0 response बिहिबार, जेष्ठ १०, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



