

-
सुर्खेत ।
कर्णाली प्रदेशका उद्योग वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढा र मन्त्रालयका सचिव विश्वनाथ झाबीचको विवाद पक्राउ गर्ने चरणसम्म पुगेको छ । वनमन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्मर बुढालाई वन सचिवलाई कुटेको आरोपमा पक्राउ गरिएको छ । स्वकीय सचिव डम्मर बुढालगायत छ(सात जनाको समूहले वन मन्त्रालयका सचिव तथा वनका क्षेत्रीय निर्देशक विश्वनाथ झामाथि हातपात गरेको भन्दै प्रहरीले उनलार्इ पक्राउ गरेको हो। यस घटनाअघि पनि मन्त्रीले भनेको काम नगरेर अटेर गरेको भनेर सचिव र मन्त्रीबीच विवाद भएको विषय संघीय मन्त्रालयसम्म पुगिसकेको थियो । यता, सुर्खेत प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले वन मन्त्रालयमा मन्त्रीका स्वकीय सचिवसहित छ(सात जनाको टोली आएर हल्ला गरिरहेको भन्ने सूचना प्राप्त भएपछि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए। यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव झामाथि विभागीय मन्त्रीलाई नै ‘असहयोग गरेको’ आरोप लागेको थियो। सचिव झालाई संघीय वन तथा वातावरण मन्त्रालयले स्पष्टीकरणका लागि मन्त्रालय झिकाइएको थियो। प्रदेश वन मन्त्रालयले पनि सचिवको भूमिकालाई लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आवश्यक कारवाहीका लागि पत्र पठाएको छ। मन्त्री नन्दसिंह बुढाले सचिव झाले सुरुदेखि नै असहयोग गर्दै आएको बताएका छन्। ‘मन्त्रालयकै कर्मचारीसँग पनि सम्बन्ध राख्न सकेनन्, जिम्मेवारी नदिने, मनोमानी हिँड्ने गरिरहे’, उनले भने, ‘कर्मचारीले नै चरम असन्तुष्टि राखेपछि बाध्य भएर मुख्यमन्त्री कार्यालय र संघीय वन मन्त्रालयमा गुनासो गर्नुपर्यो।’ क्षेत्रीय वन निर्देशकसमेत रहेका सचिव झाविरुद्ध मन्त्रालयमा विभिन्न उजुरी परेका छन्। जिल्ला वन कार्यालय सुर्खेत, बाँकेलगायत जिल्लामा छपान चेकजाँच, लगत चेकचाँच तथा लट निरीक्षणका फाइलहरू चार महिनासम्म दर्ता नगरी थन्क्याएको, प्रति क्युफिट २५ रुपैयाँका दरले सेवाग्राहीबाट घुस लिएको उजुरी वन मन्त्रालयमा परेका थिए।
News Desk 0 response बिहिबार, जेष्ठ १०, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



