

-
सुर्खेत ।
कर्णाली प्रदेशका उद्योग वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढा र मन्त्रालयका सचिव विश्वनाथ झाबीचको विवाद पक्राउ गर्ने चरणसम्म पुगेको छ । वनमन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्मर बुढालाई वन सचिवलाई कुटेको आरोपमा पक्राउ गरिएको छ । स्वकीय सचिव डम्मर बुढालगायत छ(सात जनाको समूहले वन मन्त्रालयका सचिव तथा वनका क्षेत्रीय निर्देशक विश्वनाथ झामाथि हातपात गरेको भन्दै प्रहरीले उनलार्इ पक्राउ गरेको हो। यस घटनाअघि पनि मन्त्रीले भनेको काम नगरेर अटेर गरेको भनेर सचिव र मन्त्रीबीच विवाद भएको विषय संघीय मन्त्रालयसम्म पुगिसकेको थियो । यता, सुर्खेत प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले वन मन्त्रालयमा मन्त्रीका स्वकीय सचिवसहित छ(सात जनाको टोली आएर हल्ला गरिरहेको भन्ने सूचना प्राप्त भएपछि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए। यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव झामाथि विभागीय मन्त्रीलाई नै ‘असहयोग गरेको’ आरोप लागेको थियो। सचिव झालाई संघीय वन तथा वातावरण मन्त्रालयले स्पष्टीकरणका लागि मन्त्रालय झिकाइएको थियो। प्रदेश वन मन्त्रालयले पनि सचिवको भूमिकालाई लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आवश्यक कारवाहीका लागि पत्र पठाएको छ। मन्त्री नन्दसिंह बुढाले सचिव झाले सुरुदेखि नै असहयोग गर्दै आएको बताएका छन्। ‘मन्त्रालयकै कर्मचारीसँग पनि सम्बन्ध राख्न सकेनन्, जिम्मेवारी नदिने, मनोमानी हिँड्ने गरिरहे’, उनले भने, ‘कर्मचारीले नै चरम असन्तुष्टि राखेपछि बाध्य भएर मुख्यमन्त्री कार्यालय र संघीय वन मन्त्रालयमा गुनासो गर्नुपर्यो।’ क्षेत्रीय वन निर्देशकसमेत रहेका सचिव झाविरुद्ध मन्त्रालयमा विभिन्न उजुरी परेका छन्। जिल्ला वन कार्यालय सुर्खेत, बाँकेलगायत जिल्लामा छपान चेकजाँच, लगत चेकचाँच तथा लट निरीक्षणका फाइलहरू चार महिनासम्म दर्ता नगरी थन्क्याएको, प्रति क्युफिट २५ रुपैयाँका दरले सेवाग्राहीबाट घुस लिएको उजुरी वन मन्त्रालयमा परेका थिए।
News Desk 0 response बिहिबार, जेष्ठ १०, २०७५

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



