

-
काठमाडौं ।
अबैध सुन सम्वन्धमा पक्राउ परेका प्रहरीहरु मध्ये तीन जनाको मात्र वयान बाँकी रहेको छ । बिहीबारदेखि सुरु भएको वयान आइतबारसम्ममा १५ जनाको सकिएको थियो। सोमबार पूर्व प्रहरी नायव महानिरीक्षक गोविन्दप्रसाद निरौला, वरिष्ठ प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णुबहादुर खड्काको वयान सकिएको छ। वयान सकिएका यी प्रहरीको उक्त घटनामा संलग्नता देखिएपछि पक्राउ परेका थिए। त्यस्तै, विमानस्थलका कर्मचारी राजन थापा, तक्ले भन्ने पुण्यप्रसाद लामा, गोपाल श्रेष्ठ, हेमन्त गौतम, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारू र अमर मगरको वयान पनि सकिएको छ। यसअघि २०६९ सालदेखि अवैध रूपमा सुनको कारोबार गर्ने भुजु गुरुङ, व्यापारी राजेन्द्रकुमार शाक्य, महावीर गोल्यान, विमानस्थलका कर्मचारी एलबी भन्ने लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, तुलाराम खत्री, गोरेका विश्वासपात्र भनिएका टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भन्ने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको वयान सकिएको थियो। जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालका अनुसार न्यायिक हिरासतमा रहेका तीन जना अभियुक्तको मात्र वयान बाँकी छ। उनका अनुसार वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी, प्रहरी नायव उपरीक्षक प्रजित केसी र सञ्जय राउतको वयान मंगलबार हुनेछ।
News Desk 0 response सोमवार, बैशाख २४, २०७५

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



