•  

    एसियाको सबैभन्दा बृहत खेलकुद प्रतियोगिताको तयारी अस्तव्यस्त रहेको  छ ।

    इन्डोनेसियाको राजधानी जाकार्तामा १८ औं एसियाली खेलकुद सुरु हुन करिब चार महिना बाँकी रहँदा यस क्षेत्रका अधिकांश राष्ट्र तयारीमा व्यस्त छन् । प्रतियोगितामा बढीभन्दा बढी पदक जितेर आफूलाई एसियाकै शत्तिःशाली खेल राष्ट्रको रुपमा स्थापित गराउन कतिपय राष्ट्रले आफ्ना खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएका छन् भने अधिकांशले आफ्नै देशभित्र व्यवस्थित प्रशिक्षण सञ्चालन गरेका छन् । तर, नेपालमा भने तयारी अस्तब्यस्त रहेको अन्नपूर्ण पोष्टले लेखेको छ ।

    सहभागिताको ६७ औं वर्ष बितिसक्दा पनि नेपालका लागि भने एसियाली खेलकुद अनुभव बटुल्ने अवसरमा मात्रै सीमित छ । नेपालको अहिलेको तयारी हेर्दा आगामी एसियाली खेलकुद पनि विगतको भन्दा फरक नहुने खेलाडी र प्रशिक्षक बताउँछन् ।