

-
दक्षिण कोरिया । माओवादी केन्द्र-नेकपा एमाले माउ पार्टीहरु एकताको प्रक्रियामा रहँदै गर्दा यसका प्रवासी संगठनहरु पनि एकिकरणको तयारीमा जुटेका छन्।
कोरियामा क्रियाशील दुई पार्टिका छुट्टाछुट्टै संगठनहरु प्रवासी नेपाली मञ्च दक्षिण कोरिया र नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले संयुक्त विज्ञप्ति निकाल्दै आगामी दिनमा एउटै संगठनको रुपमा अगाडि बढ्ने संकेत गरेका हुन्।
दुई संगठनका अध्यक्षद्धारा हस्ताक्षरित विज्ञप्तिमा आगामी दिनमा कार्यक्रम गर्दा सँगै गर्ने जनाइएको छ।
कोरियाको राजधानी सोउलमा भएको भेलामा दुवै संगठनका अध्यक्षहरुको नेतृत्वमा संगठनका नेताहरु सहभागी थिए। भेलामा प्रवासी नेपाली मञ्चको तर्फबाट केन्द्रीय अध्यक्ष परशुराम सापकोटा, केन्द्रीय सल्लाहकारहरु गोविन्द गाउँले, सिर्जना नेपाली, केन्द्रीय उपाध्यक्ष लाल साउद, महासचिव श्रमदीप चौलागाई, बुसान कमिटीका सल्लाहकार मीनराज पोख्रेल लगायत पदाधिकारी तथा सदस्यहरु समेत सहभागी थिए।
त्यसैगरी नेपाली जनप्रगतिशिल मञ्चबाट केन्द्रीय अध्यक्ष खगेन्द्र बुढामगर, उपाध्यक्ष ईश्वर कठायत, महासचिव नवीन गुरुङ लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरु समेत भेलामा उपस्थित थिए।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४


सम्बन्धित शीर्षकहरु
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९