अन्तर्राष्ट्रिय

इजरायलले गरेको आक्रमणमा परेर गाजामा २९ जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा गाजाको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा धेरै मानिस घाइते भएका गाजाका सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले बताए । इजरायलले नागरिकका घरलाई लक्षित गर्दै...

चीनले अमेरिकाबाट आयात हुने सामानमा कर बढाएर ८४ प्रतिशत पुर्‍यायो

चीनले अमेरिकाबाट आयात हुने सामानमा थप ५० प्रतिशत कर लगाएको छ । अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलामा चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने सबै सामानमा थप ५० प्रतिशत कर लगाउने घोषणा गरेको बीबीसीले...

चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर, एकै पल्ट ६० देशलाई तनाव

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बस्तुमाथि थप अतिरिक्त भन्सार शुल्क लागू गरेपछि फेरि बजारमा गिरावट देखिएको छ । मंगलबार पहिलो प्रहरमा वित्तीय बजारमा भारी गिरावट आएकामा ह्वाइट हाउसले चीनमाथि थप ट्यारिफको पुष्टि...

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत खस्दा कम्तीमा २७ जनाको मृत्यु

डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोमा रहेको जेट सेट नाइट क्लबको छत खस्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।...

अमेरिकाले इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष उच्चस्तरीय वार्ता गर्न लागेको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यस्तो आश्चर्यजनक घोषणा गर्दै उनले आउँदो शनिवार प्रत्यक्ष वार्ता गर्न...

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

सियोल : दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मंगलवार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् ।  मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उनलाई पदबाट हटाइएपछि यो निर्णय आएको हो...