अन्तर्राष्ट्रिय

स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको मृत्यु

स्पेनको एक हेरचाह गृहमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । उत्तर–पूर्वी स्पेनको जरागोजा नजिकैको एक हेरचाह गृहमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको र अन्य केही मानिस घाइते भएका आपत्कालीन...

बेलायतमा नयाँ कोइला खानी खोल्न प्रतिबन्ध लगाउने तयारी

बेलायतले नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ । बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने सरकारको योजनाअनुसार कोइला खानी प्रतिबन्ध लगाउने तयारी भएको हो । जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण कदम भन्दै...

युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिन्छौं : नवनिर्वाचित अमेरिकी राष्ट्रपती ट्रम्पका वरिष्ठ सल्लाहकार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा ध्यान दिने बताएका छन् । बीबीसीसँगको कुराकानीमा रिपब्लिकन पार्टीका रणनीतिकारसमेत रहेका लान्जाले ट्रम्प प्रशासनले युक्रेनी राष्ट्रपति...

नेदरल्यान्ड्सको राजधानीमा इजरायली फुटबल समर्थकमाथि आक्रमण

नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा इजरायली फुटबल समर्थकमाथि आक्रमण भएको छ । इजरायली फुटबल समर्थकमाथि भएको शृङ्खलाबद्ध आक्रमण रोक्न प्रहरीले पटक पटक हस्तक्षेप गर्नुपरेको त्यहाँका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो घटनालाई लिएर नेदरल्यान्ड्सका...

आप्रवासी फर्काउने योजना कार्यान्वयन गर्छु : डोनाल्ड ट्रम्प

अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो सङ्ख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनाको कार्यान्वयन प्रथामिकतामा रहने बताएका छन् । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता...

अमेरिकाको राष्ट्रपतिमा ट्रम्पले जितेसँगै डलरको मूल्य उच्च

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै डलरको मूल्य र शेयर बजार बढेको छ । डिजिटल मुद्रा अर्थात बिटक्वाइनले पनि नयाँ रेकर्ड कायम गरेको छ । डलरको भाउ युरोको भन्दा एक दशमलव ५ प्रतिशतभन्दा धेरैले...