अन्तर्राष्ट्रिय

इजरायलले गाजामा गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जना मारिए

दक्षिणी गाजामा इजरायलले गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जना प्यालेस्टिनी मारिएका छन् । गाजामा हमासले सञ्चालन गरेको प्रहरी बलका प्रमुख तीन जना बालबालिका र दुई जना महिलासहित ११ जनाको मृत्यु भएको हो ।...

युक्रेनद्वारा युरोपमा ढुवानी हुने रुसी ग्यासमा रोक

काठमाडौं : युक्रेनले आफ्नो भू–भाग भएर युरोपमा ढुवानी हुने रुसी ग्यासमा रोक लगाएको जनाएको छ । ५ वर्षको ट्रान्जिट सम्झौता बुधबार अन्त्य भएसँगै तेलको ढुवानीमा रोक लगाइएको युक्रेनले जनाएको छ । रुस र युक्रेनबीचको...

चीनले विश्वको सबैभन्दा लामो द्रुतमार्ग सुरुङ बनायो

चीनले विश्वको सबैभन्दा लामो ‘एक्सप्रेसवे’ (द्रुतमार्ग) सुरुङ निर्माण गरेको छ । चीनले शिनजियाङ्गमा चार वर्ष लगाएर विश्वको सबैभन्दा लामो एक्सप्रेसवे सुरुङ निर्माण गरेको हो । तियानशान शेङ्गली सुरुङ २२ किलोमिटर १३ मिटर लामो रहेको...

दक्षिण कोरियामा १ सय ८१ जना बोकेको विमान दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मुआन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा एक सय ८१ जना रहेकोमा २८ जनाको शव निकालेको बीबीसीले जनाएको छ । एक सय ७५...

चीनले तिब्बतको यार्लुङ नदीमा विश्वकै विशाल बाँध बाँधेर जलविद्युत बनाउने

चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध निर्माण गर्न स्वीकृति दिएको छ । तिब्बती पठारको पूर्वी किनारमा रहेको यार्लुङ जाङबो नदीमा बन्ने यो बाँध र जलविद्युत आयोजना संसारकै ठूलो हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्...

काजाकस्तानमा विमान दुर्घटना : कम्तीमा २९ जनाको जीवितै उद्धार

अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना हुँदा कम्तीमा २९ जना बाँचेका छन् । विमानबाट उद्धार गरेका २९ जनालाई अस्पतालमा भर्ना गरेको बीबीसीले जनाएको छ । ६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै...