समाचार

जलवायु परिवर्तन रोक्न विश्वसमुदाय एक हुनुपर्छ : दाहाल

भरतपुर । चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान सो कार्यक्रमको उद्घाटन गर्नुभयो । अध्यक्ष दाहालले संरक्षणमा लाग्न...

गोकर्ण रिसोर्टको सम्झौता नवीकरण विगतदेखिकै प्रक्रियाका आधारमा : उपप्रधानमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँग विगतका सरकारदेखि शुरु भएको कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको संसद्लाई अवगत गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका विषयबारे वक्तव्य दिँदै उपप्रधानमन्त्री पोखरेलले...

२१३ महिलाको उद्धार

भद्रपुर । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा २१३ नेपाली चेलीको उद्धार गरेको छ । सन् २०१९ को जनवरीदेखि हालसम्ममा मानव बेचबिखनमा सङ्लग्न दलालले झुक्याएर भारतको मिजुराम, मनीपुर, वर्मालगायतका क्षेत्रबाट र काँकडभिट्टा नाकासहित...

विविधताबीचको एकता साझा पहिचान : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले विविधताबीचको एकता नै नेपालीको साझा पहिचान भएको बताउनुभएको छ । राष्ट्रिय क्रिश्चियन महासङ्घले क्रिसमस दिवसका अवसरमा बुधबार यहाँ आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उपराष्ट्रपति पुनले विविधताले भरिएको देशमा बहुजातीय,...

आठ योजनालाई १८ करोड

दमौली । नेपाल सरकार राष्ट्रिय योजना आयोगले तनहुँ जिल्लालाई आर्थिक वर्ष २०७६/७७ का लागि रु १८ करोड ६१ लाख बजेट थप गरेको छ । समपूरक र विशेष अनुदानवापत विभिन्न आठ योजना सञ्चालन गर्ने गरी...

दुर्घटनामा दुईको मृत्यु

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको...