

-
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारतबीचका सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभएको छ । राष्ट्रियसभामा आजको बैठकमा सङ्कल्प प्रस्ताव माथि उठेका विभिन्न प्रश्नको जवाफ दिँदै समस्यालाई कुटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयो ।
‘नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा’ सांसद खिमलाल भट्टराई प्रस्ताव र सांसद सरिता प्रसाईं समर्थक रहनुभई सङकल्प प्रस्ताव दर्ता गरिएको थियो ।
नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समक्षी नरेन्द्र मोदीका वीच बुधबार भएको टेलिफोन वार्तांमा दुवैदेश वीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा केन्द्रीत रहेको मन्त्री ज्ञवालीले बैठकमा जानकारी गराउनुभयो ।
“वर्तमान प्रधानमन्त्री ओलीले २०५५ सालमा प्रतिनिधिसभामा कालापानीको भू–भागकै विषयमा प्रस्ताव राख्नुभएको थियो, त्यो बेला कालापानीबाट भारतीय सेना फिर्ता पठाउने विषयमा राष्ट्रिय एकता कायम हुनसकेन”–उहाँले भन्नुभयो, “त्यो बेला राष्ट्रिय एकता भएको भए राष्ट्रको भू–भागको विषयमा आज समस्या र तनाबरहित सम्बन्ध हुने थियो ।”
मन्त्री ज्ञवालीले सुगौली सन्धिबाट वर्तमान नेपालको नक्शा निर्धारण भएको सन् १८१६ पूर्वी मेची नदी पश्चिममा काली (महाकाली) सीमा तय गरेको नै नेपालको आधिकारिक नक्शा भएको बताउनुभयो ।
“नेपालको सीमालाई हेरफेर गर्ने कुनै पनि सीमासम्बन्धी सन्धि नभएको छैन, नेपाल र भारतबीच नेपालको प्रशासिन उपस्थिति कमजोर भएको मौका पारेर सीमा हेरफेर गरेको देखिन्छ”–उहाँले भन्नुभयो, “सन् १८५० को दशकपछि पश्चिम कालीको भू–भागमा भारतले पहिला नक्शा सार्दै लगेको र पछि सीमा सार्दै गरेको देखिन्छ ।”
मन्त्री ज्ञवालीले भारतले नयाँ नक्शा सार्वजनिक भएपछि विवाद आएपछि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएर राष्ट्रिय एकता कायम गरी परराष्ट्रमन्त्रालयले नेपालको भू–भाग भएको प्रस्तावसमेत पठाएको जानकारी दिँदै भन्नुभयो, “नेपालले पठाएको प्रस्तावका बारेमा भारतले पठाएको प्रतिक्रियामा त्यहाँ समस्या रहेको कुरालाई स्वीकार गर्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न भनेको छ ।”
मन्त्री ज्ञवालीले नेपाल र भारतको सिमानामा रहेको दशजगामा पनि सीमा अतिक्रमण हुने गरेको जानकारी दिँदै त्यहाँ घर बनाउने, कार्यालय बनाउने, खेती गर्ने गरेको पनि देखिएको बताउनुभयो । उक्त सङ्कल्प प्रस्ताव सर्वसम्मतले पारित भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । रासस
News Desk 0 response बिहिबार, पुस १७, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१