

-
काठमाडौँ । उपत्यकाको नागरिकले महसुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गरिने भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । “समुदायसँग प्रहरी हरेक कार्यमा सहकार्य गर्छ, कसैले गलत फाइदाका लागि प्रहरीसँग सहकार्य गरे कारबाही गछौँ”, उहाँले भन्नुभयो ।
पोखरेलले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफल बनाउन कानूनमा आधारित प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यावसायिकताका साथ व्यक्तिगत स्वार्थविना कार्य गर्ने स्पष्ट पार्नुभयो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नागरिकको सूचनाले नै अपराध नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । शङ्कास्पद ठाउँमा तुरून्तै प्रहरी परिचालन गर्ने, सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक छलफल गरी नागरिकसँगको समन्वय र सहकार्यमा उपयुक्त कदम चाल्ने उहाँको भनाइ थियो ।
काठमाडौँ महानगरपालिका–१३ का सदस्य एवं प्रहरी टोल सुधार समितिका संयोजक रामबाबु कोइरालाले शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई नागरिक समुदायको साथ र सहयोग हुने बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, पुस १८, २०७६


सम्बन्धित शीर्षकहरु

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने
बुधबार, मंसिर १३, २०८०-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८० -
नाका नखुल्दा चौँरी बिक्री नभएर सास्ती
मङ्लबार, मंसिर ५, २०८०