समाचार

एक महिना नबित्दै फ्रान्सका प्रधानमन्त्रीद्वारा राजीनामा

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले आज पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री बनेको २७ दिनमै लेकोर्नुले राजीनामा दिएको बीबीसीले जनाएको छ । आफ्नो मन्त्रिमण्डल घोषणा गरेको १४ घण्टामै उनले राजीनामा दिएका हुन् । फ्रान्समा राजनीतिक...

फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्। कार्यतालिकाअनुसार मङ्सिर १ गतेदेखि १०...

गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

काठमाडौं : रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरुको खोजी तथा उद्धारका...

बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौं : गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । १९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ ।...

जेनजीले माग्यो अख्तियार प्रमुखको राजीनामा

काठमाडौं : जेनजी मुभमेन्ट अलायन्स, विभिन्न जेनजीहरुको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ । राजीनामा नआए भोलि १० बजे आयोगको कार्यालयमा निवेदन...

देशभर कहाँ कहाँको सडक कहाँ छ पूर्ण अवरुद्ध ?(सूचीसहित)

काठमाडौं : वर्षा र पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू पूर्णरुपमा अवरुद्ध रहेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान बिहान ६ः४० बजेसम्मको विवरणअनुसार कोशी, बागमती लगायतका प्रदेशका विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध भएको हो। संखुवासभाको...