समाचार

राष्ट्र सङ्घका महासचिव र कतारका राजा नेपाल आउँदै : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । दशैँ, तिहार, नेपाल सम्वत् र छठलगायत पर्वका अवसर पारेर...

पहाडी भूभागका केही ठाउँमा वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं : अहिले नेपालको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम सफा रहेको छ । पश्चिमी भूभागमा रहेको पश्चिमी वायुको आंशिक प्रभावको कारण पहाडी भूभागमा केही बादल लागेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।...

कोजाग्रत पूर्णिमाका अवसरमा आज राष्ट्रपतिले भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौं : राष्ट्रपति  रामचन्द्र पौडेलले बडादसैँ २०८० को अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन् । राष्ट्रपति  पौडेलले राष्ट्रप्रमुखका रूपमा प्रसिद्ध नवदुर्गा मन्दिर...

कांग्रेसको चियापान आज

काठमाडौं : कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले आज दिउँसो शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यक्रम दिउँसो २ देखि ५ बजेसम्म हुने पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी...

संयुक्त राष्ट्रसंघमा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित, नेपालद्वारा पक्षमा मतदान

न्युयोर्क : इजरायल र हमासबीच जारी युद्ध २२ औं दिनमा पुगेको छ । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ...

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै, देशका सबै भागबाट देख्न सकिने

काठमाडौं : आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि शुरु हुनेछ । राति २ बजेर...