समाचार

सचिवहरुलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन : नडराइ कानुनबमोजिम काम गर्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नडराई कानुनबमोजिम काम गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले नियत सफा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । असल नियतले काम...

तराईका जिल्लामा होलीको रौनक

काठमाडौं : आज तराई मधेसमा धुमधामसँग होली मनाइँदैछ । मधेसमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा शुरु भएसँगै होली पर्व मनाउने परम्परा छ । कतिपय चाडपर्व खानपान विशेषसँग मात्र जोडिने भए पनि...

नेपालले आयरल्याण्ड्स उल्भ्सलाई ६ विकेटले हरायो

काठमाडौं : आयरल्याण्ड्स उल्भ्ससँगको टी–२० क्रिकेट नेपालले छ विकेटले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयरल्याण्ड्स उल्भ्सले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १६ ओभर एक बलमा चार विकेट गुमाएर भेटायो ।...

दुर्गा प्रसाईंको पक्षमा सर्वोच्च अदालतले गर्यो फैसला, बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । सोमबार कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले झापाको बिर्तामोड स्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो। प्रसाईं...

युक्रेनको राजधानी कीएभमा फेरि रुसको आक्रमण, पोल्याण्ड पनि अलर्टमा

कीएभ : रुसले युक्रेनको राजधानी कीएभमा फेरि एकपटक आक्रमण गरेको छ । रुसी सेनाले कीएभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो । युक्रेनले पूरै देशमा अलर्ट जारी गरेको छ । आक्रमणको बिचमा, कीएभमा बसोबास गर्ने...

होली खेलेर सुनकोशी नदीमा नुहाउन जाँदा तीन बालबालिका बेपत्ता

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । हिजो होली खेलेर नुहाउन नदीमा जाँदा उनीहरु बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा...