

-
काठमाडौँ । उद्योग क्षेत्रमा चालू आर्थिक वर्ष २०७६/७७ का लागि ३६ अर्ब विदेशी लगानीको प्रतिबद्धता आएको छ । यही असार २१ गतेसम्म २१३ उद्योगमा ३५ अर्ब ९४ करोड विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
विभागको तथ्याङ्कअनुसार कूल लगानीमध्येमा ७० देखि ८० प्रतिशतसम्म लगानी प्रतिबद्धता चीन सरकारबाट आएको छ । यसैगरी चीनपछि भारत, अमेरिका, मलेसियालगायतका देशबाट लगानी प्रतिबद्धता आएका छन् ।
विभागका प्रवक्ता विनोदकुमार खड्काका अनुसार गत वर्षको तुलनामा उद्योगको सङ्ख्यामा कमी आए तापनि लगानीमा वृद्धि भएको छ । उनका अनुसार गत वर्षको तुलनामा असार २१ गतेसम्म १० अर्ब २७ करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता आइसकेको छ । गत वर्ष ३४४ वटा उद्योगमा २५ अर्ब ४७ करोड लगानी प्रतिबद्धता आएको थियो ।
कुन क्षेत्रमा कती लगानी
चालू आर्थिक वर्षमा सबैभन्दा धेरै लगानी सेवामूलक क्षेत्रमा आए तापनि पर्यटन क्षेत्रमा धेरै उद्योग रहेको खड्काले जानकारी दिए । उनका अनुसार सेवामूलक क्षेत्रमा ६८ उद्योगका लागि १० अर्ब ६५ करोड, पर्यटन क्षेत्रमा ७५ उद्योगका लागि नौ अर्ब ७१ करोड ६९ लाख, सूचना प्रविधि क्षेत्रमा ३७ उद्योगका लागि ७० करोड ८१ लाख प्रतिबद्धता आएको छ ।यसैगरी ऊर्जा क्षेत्रका छ उद्योगमा ५२ करोड ७४ लाख, कृषि तथा वनजन्य क्षेत्रमा चार उद्योगका लागि र चार करोड ४७ लाख बराबरको लगानी गर्ने प्रतिबद्धता आएको छ ।
२७२ स्वदेशी उद्योग दर्ता
यही असार २२ गतेसम्म उद्योग विभागमा २७२ स्वदेशी उद्योग दर्ता भएका छन् । विभागको तथ्याङ्कअनुसार उक्त उद्योगमा एक खर्ब ४६ अर्ब ७० करोड कुल पूँजी रहने गरी उद्योग दर्ता भएका छन् । गत आवमा विभागमा ४४१ उद्योग दर्ता हुँदा दुई खर्ब ८५ अर्ब कूल पूँजी रहने गरी दर्ता भएका थिए । गत वर्षको तुलनामा उद्योग दर्ता सङ्ख्याको तुलनामा लगानीमा वृद्धि भएको छ ।विभागको तथ्याङ्कअनुसार सरकारले कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीको अवधिमा ३६ उद्योगमा छ अर्ब छ करोडभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ ।
यसैगरी चालू आवमा विदेशी लगानीमा रहको उद्योगले १० हजार ७२४ जनालाई र स्वदेशी उद्योगले १७ हजार १७१ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका थिए ।
News Desk 0 response आइतवार, असार २८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



