

-
इलाम । कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारबाट चिया खरिदका लागि माग नआउँदा चिया निकासीमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने चियाको ठूलो हिस्सा विदेश निर्यात हुने गरेपनि यस पटक भने ‘स्वचालित’ ढङ्गले चिया निकासी हुन सकेको छैन ।
चैतको शुरुआतदेखि नै अन्तर्राष्ट्रिय बजारका लागि ठूलो परिमाणमा चियाको माग आउँथ्यो । त्यसपछि उद्योगीले चियाको ‘सिम्बोल’ पठाउँथे र चिया निकासी शुरु हुन्थ्यो । तर, यस वर्ष भने असार मसान्त हुन लाग्दासमेत चिया पठाउन सकस परेको छ । भारतबाट निकासी हुने चियामा समस्या हटे पनि नेपालकै अन्तर्राष्ट्रिय विनास्थलबाट पठाउने चियामा भने समस्या रहेको चिया उद्योगी शरद सुब्बा बताउँछन् ।
“हामी चीनलगायत तेस्रो मुलुकमा तयारी चिया पठाउँछौँ । तर, यो वर्ष अन्तर्राष्ट्रिय ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन ।” सुब्बाले भने, “एक ठाउँमा सिम्बोल पठाए पनि कोरोनाका कारण चिया पठाउन भने सकेको छैन ।” त्यसो त चिया निकासीमा उद्यमीले सधैँ झन्झट खेप्नु नै पर्छ । कहिले भारतले नाका बन्द गर्दा त कहिले अन्तर्राष्ट्रिय बजारबाट माग नआउँदा, चिया निकासीमा समस्या पर्छ । यस वर्ष पनि भारतले काँकडभिट्टा नाका केही दिन बन्द गर्दा उद्योगीले समस्या भोग्नु पर्यो । अहिले भारतले नाका खोलेको भए पनि अन्तर्राष्ट्रिय बजारबाट माग आएको छैन । भारतको मुख्य बजार नयाँ कलकत्तामै कोरोना सङ्क्रमण बढेपछि अहिले चिया जान रोक लागेको अर्का उद्योगी तथा बिक्रेता गोपाल कट्टेल बताउँछन् । “मैले त अस्तीको दिनमात्र यो सालको पहिलो चिया पठाए”, कट्टेलले भने । सिजनकै समयमा कोरोना महामारी आइलागेपछि धेरैजसो उद्योगीले चिया पठाउन अझै पनि सकेनन् । चिया निकासी गर्न भन्सारमा समेत धेरै प्रक्रिया पुर्याउनु पर्नाले पनि सकस भएको देखिन्छ ।
यता, अर्का उद्योगी उदय चापागाईं भने निकासी खुले पनि अन्तर्राष्ट्रिय बजार पुर्याउन समस्या पर्ने गरेको बताउँछन् । “एकचोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो ।” चापागाईंले थपे, “तर, अहिले अवस्था सामान्य भइसक्यो ।”
नाका परिवर्तन गर्दा भन्सार खर्चिलो
News Desk 0 response शुक्रबार, असार २६, २०७७
अन्तर्राष्ट्रिय बजारमा काँकडभिट्टा हुँदै चिया जाने गरे पनि अहिले जोगमनी नाकाबाट निकासी हुने गरेको छ । नाका परिवर्तन गरेर चिया लानु परेकाले भन्सारमा बुझाउने रकम भने खर्चिलो हुने गरेको उद्योगीको गुनासो छ । नाका परिवर्तन गरेपछि पहिलेको भन्दा ७० हजार हाराहारीमा खर्च बढी आउने गरेको सूर्योदय टी प्रोडक्सन एशोसिएशनका सचिव गोपाल कट्टेलले जानकारी दिए । यता, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई भर्ने बन्दाबन्दीका कारण पहिलो सिजनमा करिब ६० किलो चिया घाटा लागेको बरारबरको घाटा भएको बताउँछन् । बन्दाबन्दीले चिया उत्पादित जिल्लामध्ये तराई क्षेत्रका जिल्लामा चियामा बढी घाटा ब्यहोर्नुपरेको महासचिव राईको भनाइ छ । रासस

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



