

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७.९३ विन्दुले बढेर एक हजार ३३६.६६ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ६.७१ अङ्कले बढेर २८२.५९ मा पुगेको छ । कुल १७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता शेयर एक अर्ब २१ करोड २४ लाख २६ हजार २६७ मा खरिदबिक्री भए ।
आज कारोबार भएका कुल १२ उपसमूहको शेयर उकालो लागेको छ । स्टकका अनुसार बैंकिङ २५.८३, व्यापार ३४.६१, होटल १२७.१, विकास बैंक ३४.८१, जलविद्युत् २६.४९, वित्त १९.४, निर्जीवन बीमा ३६५.४६, उत्पादन ४१.८३, अन्य २७.०५, लघुवित्त ७६.५५, जीवन बीमा १९८.३८ र सामूहिक लगानी कोष ०.१६ ले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको नौ करोड १२ लाख ६७ हजार ८३ बरारबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको आठ करोड ६० लाख ३५ हजार १२०, हिमालयन डिष्टिलरी पाँच करोड ८६ लाख ६६ हजार ८८३, एनएमबी बैंक पाँच करोड नौ लाख २३ हजार १६१ र छिमेक लघुवित्त विकास बैंकको चार करोड २४ लाख १९ हजार ६२६ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।
स्टकका अनुसार आज मञ्जुश्री फाइनान्स, पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त, ओरियन्टल होटल, प्रुडेन्सिय इन्स्योरेन्सका शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै हिमालयन जनरल इन्स्योरेन्स, ९.९७, सूर्योदय लघुवित्त ९.९५ र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकतो ९.९५ प्रतिशतले कमाए ।
यस्तै खानीखोला हाइड्रोपावर ३.८५, ग्लोबल आइएमई लघुवित्त ३.७१, घलेम्दी हाइड्रो ३.४५, रिलायन्स फाइनान्स ३.०८ र एनआईसी एसिया बैंकको संस्थापक शेयरधनीले २ प्रतिशतले गुमाए ।
News Desk 0 response मङ्लबार, असार २३, २०७७

सम्बन्धित शीर्षकहरु
अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने
बिहिबार, मंसिर १९, २०८२-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा फेरि लडाइँ
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२ -
अमेरिका–युक्रेनबिच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार
शनिबार, मंसिर २१, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



