

-
काठमाडौँ । कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौँ रकम रकमान्तर गरी बैंकलाई हानीनोक्सानी पुर्याउने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षीय सौजन तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गएराति ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको हो । उनीविरुद्ध सङ्गठित अपराधसमेतको कसुरमा अनुसन्धान थालिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
तामाङलगायतको समूहले गत असोज ७ गते कृषि विकास बैंक शाखा कार्यालय न्युरोडमा अनधिकृतरुपमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रकमान्तर गरी त्यसबाट नौ लाख ५० हजार भुक्तानी लिन सफल भएको थियो । यस्तै श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा शङ्का लागि सिस्टम परीक्षण गर्दा उक्त कैफियत फेला परेको थियो ।
आरोपी सुनिता श्रेष्ठसमेतका व्यक्तिको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी कूल चार करोड ८८ लाख ४६ हजार रकमान्तर गरी भुक्तानी लिएको भन्ने सूचना प्राप्त भएपछि महाशाखाले अनुसन्धान थालेको थियो ।
महाशाखाले सोही दिन श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशङ्कर पञ्जालाई पक्राउ गरी सङ्गठित अपराध कसुरमा अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइको थियो । तर तामाङ भने फरार हुँदै आएका थिए ।
News Desk 0 response आइतवार, असार २१, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



