

-
रुकुमपश्चिम । चालु आर्थिक वर्ष २०७६र७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७र७८ मा पनि दूधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
व्यक्तिगतरूपमा दूध उत्पादनमा लागेका किसानलाई लक्षित गरेर ल्याइएको यो कार्यक्रम चालु वर्षमा राम्रो भएकाले अर्को वर्षका लागि पनि यसलाई निरन्तरता दिन लागिएको नगरप्रमुख देवीलाल गौतमले जानकारी दिए । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति, कार्यक्रममा दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख छ ।
नगरपालिकाले यो वर्ष दूधमा प्रतिलिटर रु तीन अनुदान दिएको थियो । दूध उत्पादनलाई बढाउन प्रोत्साहनस्वरुप किसानलाई प्रतिलिटरमा अनुदान दिने कार्यक्रम नगरपालिकाले बनाएको थियो । एक लाख ६० हजार बजेटको व्यवस्थासहित बनाइएको यो कार्यक्रममा चाल आर्थिक वर्षमा एक लाख १५ हजार खर्च भएको नगर पुश सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताइन् ।
उनका अनुसार यो वर्ष १८ दूध उत्पादक किसानले अनुदान प्राप्त गरेका छन् । अनुदान पाउनका लागि कम्तीमा ५०० लिटर दूध उत्पादन गरेको हुनुपर्ने प्रावधानअनुसार नगरभरका व्यक्तिगतरूपमा दूध उत्पादन गरिरहेका १८ किसानले कम्तीमा एक हजार ५०० देखि बढीमा २४ हजार ६०० सम्म अनुदान पाएको सापकोटाको भनाइ छ ।
अनुदानका लागि वर्षभरिमा कम्तीमा ५०० लिटर दूध उत्पादनका साथै नगरमा सूचीकृत डेरीमा दूध बिक्री गरेको हुनुपर्ने नियम तोकिएको थियो । आगामी वर्षसमेत यो कार्यक्रमले निरन्तरता पाउने भए पनि चालु वर्षकै अनुसार सञ्चालन गर्ने कि नयाँ विधिबाट सञ्चालन गर्ने भन्नेबारेमा यकिन भइसकेको छैन ।
आगामी वर्षका लागि नगरपालिकाबाट भैँसी प्रवद्र्धन कार्यक्रमका लागि २१ लाख ८० हजार विनियोजन भएको छ भने सङ्घीय सरकारबाट पनि यो शीर्षकमा यति नै मात्रामा बजेट आएको नगरपालिकाले जनाएको छ । दूधमा अनुदान कार्यक्रम यसै शीर्षकको बजेटबाट सञ्चालन हुने र बजेट विनियोजन हुन बाँकी रहेको नगर पशु सेवा शाखा प्रमुख सापकोटाले बताइन् । रासस
News Desk 0 response आइतवार, असार २१, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



