

-
राजापुर । केरा उत्पादन क्षेत्रका रूपमा परिचित हुँदै गएको बर्दियामा केरा खेतीमा कोत्रे र गबारो कीराको समस्या देखिएको छ । केरामा हरेक वर्षझैँ यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि किसानमा लगानी खेर जाने चिन्ता लागेको छ ।
यस वर्ष कोसा लाग्न लागेको केरामा कोत्रे, गबारो, जुकालगायत कीरा लागेको र नियन्त्रण चुनौतीपूर्ण भएको गुलरियाका कृषक मुकुन्द सुवेदीले बताए । विशेषगरी मालभोग जातको केरामा कोत्रे र गबारो कीराको समस्या बढी देखिएको उनको भनाइ छ ।
जिल्लाका मधुवन, राजापुर र बारबर्दिया क्षेत्रमा लगाइएको केरामा रोगकीरा लागेको किसानले बताएका छन् । आफूले यस वर्ष केराखेती अघिल्लो वर्षभन्दा आधा कटौती गरेको गुलरियाका कृषक कृृृष्णबहादुर भण्डारीले बताए । उनले अघिल्लो वर्ष हजार बोट केरा लगाउँदा रोगले अधिकांश बोट सखाप भएकाले अहिले ४०० मात्र लगाएका छन् ।
केराको बोट परीक्षण नगर्नु, एउटै जग्गामा नियमित केरा लगाउनु, माटो परीक्षण नगर्नु, अनावश्यक रूपमा विषादी तथा रासायनिक मल प्रयोग गर्नुलगायत कारण रोगकीराको प्रकोप देखिएको विचार कृषक सुवेदीले राखेका थिए ।
बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले केरा कृषकलाई ५० प्रतिशत अनुदानमा विषादी वितरण गर्न लागिएको जानकारी दिए । गुलरिया नगरपालिका कृषि शाखाका अधिकृत कमल तामाङले खेतबारी सफाइ गर्ने, बालीचक्र अपनाउने, रासायनिक मल प्रयोग गर्ने गर्दा त्यस्ता रोग र कीरा नियन्त्रण गर्न सहयोग पुग्ने सल्लाह दिए । जिल्लाका ५०० भन्दा बढी किसानले व्यावसायिक केराखेती गर्दै आएका छन् । रासस
News Desk 0 response मङ्लबार, असार १६, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



