

-
बागलुङ । ताराखोला गाउँपालिका–५ ठूलो हिलेमा खेल मैदान निर्माण गरिएको छ । प्रदेश सरकारको २० लाख बजेटमा ‘हिल–सिप खेल मैदान’ तयार भएको हो । छिटपुटबाहेक सबै काम सकिएको निर्माण समितिका अध्यक्ष रामबहादुर पाइजाले बताए । खेल मैदान ४५ मिटर लामो र ४० मिटर चौडा छ । ‘फुटसल’, भलिबललगायत खेललाई लक्ष्य गरी मैदान बनाइएको हो ।
खेल मैदान छेउछाउ प्राकृतिक ‘प्यारापिट’, शौचालय, मञ्च आदि संरचना खडा गरिएको छ । वरिपरिबाट तारजालीको घेराबार छ । “यो वर्षको बजेटबाट लगभग काम सकियो, अरु पूर्वाधार थप्दै जाने योजना छ”, अध्यक्ष पाइजाले भने । स्थानीयवासी तेजेन्द्र श्रीसबाट दुई लाखमा जग्गा खरिद गरेर खेल मैदान बनाइएको हो । खेल मैदान निर्माणमा मिर्मिरे युवा क्लवका युवासहित गाउँले मिलेर श्रमदान गरेका थिए । गाउँमै ठूलो र व्यवस्थित खेल मैदान बनेपछि युवा वर्ग बढी उत्साहित छ ।
खेल गतिविधिदेखि मेला, जात्रा आयोजना गर्न पनि सहज हुने देखिएको छ । खेल मैदानमा अन्य पूर्वाधार थप्न गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष प्रकाश घर्तीले बताए । “वडाकै ठूलो खेल मैदान बनेको छ”, उनले भने, “त्यसलाई अझै व्यवस्थित र सुविधायुक्त बनाउँदै लैजान्छौँ ।” सङ्घ सरकारको ४० लाख बजेटमा वडा नं ४ दोगाडीमा गाउँपालिकाकै ठूलो खेल मैदान निर्माणको चरणमा छ । उक्त खेल मैदानलाई आगामी आवमा गाउँपालिकाले पनि ४० लाख बजेट छुट्टाएको छ ।
“गाउँपालिका स्तरीय रङ्गशालाकै रुपमा त्यसलाई विकास गर्ने लक्ष्य छ”, अध्यक्ष घर्तीले भने, “खेल पूर्वाधारसँगै खेलाडी उत्पादन र संरक्षणमा हाम्रो विशेष जोड छ ।” युवा वर्गलाई खेलकूदमा आबद्ध गरी उनीहरुको प्रतिभा पहिचान गर्न विभिन्न प्रतियोगिता पनि सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।
News Desk 0 response शनिबार, असार १३, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



