

-
चितवन । असार महिना शुरु हुन लाग्दा कृषकले आवश्यक मात्रामा मल पाउन सकेका छैनन् । जिल्लामा अहिले युरिया मलको अभाव देखिएको छ । घण्टौँसम्म लाइन बस्दासमेत डिएपी र पोटास पाए पनि कृषकले अहिले युरिया मल पाउन सकेका छैनन् ।
धान रोपिसकेपछि बालीमा हाल्नका लागि अवश्यक पर्ने युरिया मल जिल्लाका कुनै पनि स्थानमा पुर्याउन नसकिएको कृषि सामग्री कम्पनी लि शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिए । उनका अनुसार धान खेतीका लागि मात्र जिल्लामा १५ हजार मेट्रिक टन माग भएको छ । तर अहिले साल्टटे«डिङ र आफूसँग युरिया मल नभएको उनले बताए ।
लामो समयसम्म विश्वव्यापी लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसकिएको उनको भनाइ छ । कम्पनीले गत वर्ष १० हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डिएपी र एक हजार ५०० मेट्रिक टन पोटास बिक्री गरेको थियो । साल्ट ट्रेडिङले तीन हजार मेट्रिकटन युरिया मल बिक्री गरेको थियो । अहिले दुवै संस्थामा मलको अभाव रहेको गौतमले बताए । उनले भने, “अहिलेसम्म मौज्दातबाट चलेको थियो । अब कतै छैन । लकडाउनले आउनुपर्ने मल रोकिएको छ ।”
लकडाउन खुलेसँगै आपूर्ति सहज हुने उनको भनाइ छ । जिल्लामा वर्षेधान २७ हजार ७३५ हेक्टर र चैतेधान छ हजार हेक्टर क्षेत्रफलमा लगाउँदै आएको छ । वर्षेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मलको अभाव भएपछि प्रदेश सरकारसँग आपूर्ति सहजताका लागि आग्रह गरिएको जानकारी दिए । मल ल्याएर बिक्री गर्ने संस्थाले सहजरूपमा आपूर्ति गर्न नसक्दा समस्या भएको उनको भनाइ छ । मलको व्यवस्थापनका लागि छलफल भइरहेको उनले जानकारी दिए । रासस
News Desk 0 response शुक्रबार, जेष्ठ ३०, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



