

-
पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा तीन युवाले सामूहिकरुपमा शुरु गरेको तरकारीखेतीबाट आम्दानी गर्न थालेका छन् । लामो समय विदेशमा बिताएका दुई र स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच भएको एक युवा मिलेर शुरु गरेको सो खेतीले उत्पादन दिन थालेपछि बिक्री गरेर आम्दानी हुन थालेको हो ।
उनीहरुले भाडामा लिएको १४ रोपनी जग्गामा लगभग ३० लाखको लगानीमा निर्माण गरिएका १४ वटा प्लाष्टिक टनेलभित्र गोलभेँडा, काँक्रो, सिमी, करेला, भान्टा, बोडी, धनियाँलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् ।
पहिलो चरणमा काँक्रा, करेला, सिमी र धनियाँ बिक्रीबाट ५० हजारभन्दा बढी आम्दानी गरेको र ६ वटा टनेलभित्र लगाएको गोलभेँडाले पनि उत्पादन दिन शुरु गरेको उनीहरुले जानकारी दिए ।
“टनेलभित्र सिर्जना र अमिता जातका एक हजार २०० बिरुवा रोपकेका छौँ”, १० वर्ष दुवई बसेर आएका दीपेन्द्र बाँस्तोलाले भने, “अहिले गोलभेँडाले आम्दानी दिन शुरु गरेको छ दैनिक ५० किलो उत्पादन हुँदै आएको छ ।”
उनका अनुसार बारीमा उत्पादित तरकारी बिक्रीमा कुनै पनि समस्या रहेको छैन, तरकारी खरिद गर्न उपभोक्ता बारीमै आउने गरेका छन् ।
विदेशमा भन्दा स्वदेशको माटोमा पसिनाले भिजाउने हो भने आम्दानी गर्न सकिन्छ भने तरकारीखेतीतर्फ लागेका ध्रुव कोइरालाले भने, “यतिखेर हामीले तरकारीखेतीमा भविष्य खोज्न थालेका छौँ ।” उनले मलेसिया र दुवई १० वर्ष बिताएका थिए ।
तरकारी बिक्रीबाट मासिक एक लाख ५० हजार आम्दानी गर्ने लक्ष्य रहेको र अहिले तीनैजनाको बिहानदेखि झमक्क साँझसम्म तरकारीबारीको तरकारी बिक्री वितरणसँगै रेखदेख गर्नु दैनिकी बनेको उनले बताए ।
स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ सामूहिक तरकारी खेतीतर्फ लाग्नुभएका अर्का युवा डिल्लीराम अधिकारीका अनुसार ज्ञानसिपको अभावमा सोचे जस्तो आम्दानी गर्न कठिन भएको छ ।
तरकारीखेतमा चुनौती भएको महसुस भएको छ, रोगको पहिचान गर्न नसक्दा पहिलो पटकमै सिमी र काँक्रोबाट सोचे जस्तो फाइदा लिन सकिएन उनले भने, “उत्पादनकै अवस्थामा रोग लाग्यो बन्दाबन्दीका कारणले समयमा उपचार गर्न प्राविधिकको अभाव भएका कारण नोक्सान व्यहोर्नुपर्यो ।”
टनेलभित्र लटरम्म फलेको गोलभेँडा उत्पादन भई बिक्री गर्न शुरु गरेको भए पनि रोग लाग्छ कि भन्ने चिन्ताले सताउने गरेको बताउँदै उनले राज्यबाट केही सहयोग पाउने हो भने तरकारीखेतीलाई निरन्तरतासँगै विस्तार गर्दै जाने विश्वास व्यक्त गरे ।
News Desk 0 response शुक्रबार, जेष्ठ ३०, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



