

-
पोखरा । कास्कीको मादी गाउँपालिका–३ र ७ जोड्ने मादी नदीमाथि ज्याम्दुको मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।
प्रदेश सरकार पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आठ करोड ६९ लाख लागतमा निर्माण भएको सो पुल पोखराबाट मादी गाउँपालिकाको केन्द्र याङजाकोट जोड्ने सडकखण्डमा पर्दछ । तीन वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७२ मा मृत सञ्जीवनी निर्माण सेवा हेटौँडाले जिम्मा लिएको सो पुलको लम्बाइ ८३ मिटर र चौडाइ साढे सात मिटर रहेको छ ।
पुल निर्माणसँगै एकतर्पm ज्याम्दु, तारकाङ हुँदै गाउँपालिकाको केन्द्र याङजाकोट र अर्कोतर्पm पर्यटकीय गाउँ ताङतिङसम्म वर्षभरि नै यातायातको सुविधा पुग्ने गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, प्रदेशसभा सदस्य मनबहादुर गुरुङलगायत गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय समाजसेवीको सक्रियतामा पछिल्लो समय पुल निर्माणले मूर्तरुप लिएको उनको भनाइ छ ।
पुलको मुखबाट याङजाकोट र ताङतिङसम्म पुग्नका लागि गाउँपालिकाले सडक स्तरोन्नति गरिएको छ, उनले भने, “सङ्घ र प्रदेश सरकारको लगानीमा विजयपुर खोरा र मादी नदीको विभिन्न स्थानमा निर्माणाधीन पक्कीपुल सम्पन्न भएसँगै सो क्षेत्रका जनताको मुहार फेरिनेछ ।
अहिले पुलको दुवैतर्पm सहज बाइपासका लागि कटिङ गरी फिलिङको काम भइरहेको छ । पुल नबन्दा मादीमा अस्थायी पुल निर्माण गरेर हिउँदको समयमा मात्र यातायातको सुविधा पुग्ने गरेको थियो । सो पुललगायत मादी गाउँपालिकास्थित विकास निर्माणका योजनाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीसहितको टोलीले अनुगमन गरेर जानकरी लिएको थियो ।
News Desk 0 response बुधबार, जेष्ठ २८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



